- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरराप्ती समिति प्रालिमा

राप्ती समिति प्रालिमा

- Advertisement -spot_img

तुलसीपुर, २५ असार । दाङमा ३५ वर्षदेखि सञ्चालन हुँदै आएको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति प्रालिमा रुपान्तरण भएको छ ।
नेपाल सरकारले यातायात समितिहरुलाई प्रालिमा जान निर्देशन गरेपछि राप्ती समिति साउन १ गतेदेखि त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका नामबाट सञ्चालन हुने तयारीमा रहेको अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
नेपाल यातायात राष्ट्रिय महासंघअन्तर्गत रहेका झण्डै एकसय २५ यातायात समितिहरु प्रालिमा रुपान्तरण भएका छन् । दाङसहित देशभरिका पुराना समितिहरु नेपाल सरकारले सिण्डिकेट अन्त्य गर्नेनिर्णय गरेसँगै प्रालीमा रुपान्तरण भएका हुन् । सरकार र यातायात समितिहरु बीच भएको सम्झौता अनुसार महासंघमा आवद्ध समितिहरु प्रालिमा दर्ता गरी अघि बढेको हमालले जानकारी दिए ।
सरकारसँग भएको सहमति कार्यान्वयनमा आफूहरु अघि बढेको र अब सरकारले पनि निभाउनु पर्ने दायित्वहरु पूरा गर्नुपर्ने उनको माग छ । समितिको नाममा रहेका भौतिक संरचनाहरु प्रालिमा नामसारी गर्ने गरी सरकारले सहयोग गर्नुपर्ने उनले बताए ।
दाङको पुरानो राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायी समिति त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्राईभेट लिमिटेडका नाममा रुपान्तरण भएको प्रशासनिक सचिव नारायण न्यौपानेले जानकारी दिर्ए ।
२०४१ सालदेखि यातायात सेवा प्रदान गरिरहेको राप्ती समिति प्रालिमा रुपान्तरण हुँदा बीचमा छोडेर अन्य प्रालिमा गएका व्यवसायीहरु फर्केका छन् । अब राप्ती समिति आगामी साउन १ गतेदेखि प्रालिमार्फत चल्ने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here