राप्ती विकासको साधारण सभा

मुख्य खबर

घोराही, ३मंसिर । घोराही उपमहानगरपालिका–१५ मा रहेको राप्ती विकास बचत तथा ऋण सहकारी संस्थाको १२औँ साधारण सभा भएको छ । संस्थाका अध्यक्ष पहलमान चौधरीको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माको प्रमुख आतिथ्यता एवं राष्ट्रिय सहकारी संघका प्रवन्धक नारायण वेल्बासेको विशिष्ठ आतिथ्यतामा साधारण सभा भएको हो ।
संस्थाका सदस्य दामोदर पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाका सदस्य धनिराम न्यौपानेले आय–व्यय प्रस्तुत गरेका थिए । साधारणसभामा सचिव कुलराज चौधरीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै संस्थाको विभिन्न काममा योगदान पु¥याउने अध्यक्ष पहलमान चौधरी, सल्लाहकार दामोदर पाण्डे र उत्कृष्ट कर्मचारीको रुपमा प्रेमा चौधरी, असल बचतकर्ता मन्जु नेपाली, असल ऋणी प्रभुनाथ चौधरीलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो भने सचिव कुलराज चौधरी र सदस्य आरएम जगित कुसुम्याले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *