राप्ती लाइफ केयरको डेंगु सचेतना

फिचर मुख्य खबर समाज

तुलसीपुर, २६ भदौ । तुलसीपुरमा रहेको राप्ती लाइफ केयर हस्पिटलले डेंगु रोगको सचेतना अभियान चलाएको छ । एडिस नामक पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमण पछिल्लो समय फैलिँदै जान थालेपछि हस्पिटलले रोगबाट बच्न र बचाउन अभियान सञ्चालन गरेको हो । हस्पिटलले कलेजका विद्यार्थीको सहभागितामा घर–घरमा सचेतना अभियान चलाउने हस्पिटलका प्रवक्ता जीवन भण्डारीले जानकारी दिए ।
डेंगुका बिरामी राप्ती लाइफ केयर हस्पिटलमा पनि पछिल्लो समय बढ्दै गएको भन्दै उनले रोगको निराकरणका लागि लामखुट्टेको लार्भा अन्त्य गर्ने खाल्डाखुल्डी पुर्ने लगायत घर–घरमा सरसफाईको सचेतना दिने बताए ।
उनले राप्ती लाइफ केयरमा मात्रै १० जनाका बिरामी फेला परेको समेत जानकारी दिए । उपचारका लागि हस्पिटलमा आएका १० जनामध्ये ८ जना बिरामी उपचारपछि घर फर्किएको उनले बताए । डेंगुको उच्च संक्रमण देखिएका २ जना बिरामीलाई काठमाडौँ रिफर गरिएको प्रवक्ता भण्डारीले बताए ।

यसैबिच हस्पिटलले बुधबार कलेजका विद्यार्थीसहित विभिन्न सरोकारवालासँग डेंगु नियन्त्रणबारे छलफल गरेको छ । छलफलमा संक्रमण फैलिदै गएको डेंगु नियन्त्रणका लागि घरपरिवारसँगै समाजलाई सरसफाई सचेतना बाँड्ने बताएका छन् ।
सहभागीहरुले सरसफाईमा ध्यान दिनसके लामखुट्टे फैलिन नसक्ने भन्दै सरसफाईमा जोड दिने प्रतिवद्धता जनाएका छन् । यस्तै बढ्दै गएको डेंगु रोगलाई नियन्त्रण गर्न घोराही उपमहानगरपालिकाभित्र लामखुट्टेको लार्भा नष्ट गर्ने र नागरिकहरुलाई सचेत पार्ने अभियान सञ्चालन भइरहेको छ । घोराहीको बजार क्षेत्रका वडा नम्बर १४ र १५ मा सचेतना अभियानसँगै लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो ।
एक महिनाको बीचमा घोराही उपमहानगरभित्र सातजनामा डेंगुको संक्रमण देखिएको छ । यसैक्रममा बुधबार वडा नम्बर १४ ले शुभप्रभात माविका शिक्षक तथा विद्यार्थीहरुलाई डेंगु रोगका बारेमा जानकारी दिदै नियन्त्रणमा लाग्न आग्रह गरेको छ ।
वडा अध्यक्ष शक्तिराम डाँगीले लामखुट्टेको टोकाईबाट बच्न, पानी जम्ने कुनै पनि बस्तुहरुलाई खुल्लारुपमा नराख्न, झुल प्रयोग गरेर सुत्न र सरसफाईमा ध्यान दिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *