Saturday, April 20, 2024
Homeसमाजराप्ती बबईमा पदभार ग्रहण

राप्ती बबईमा पदभार ग्रहण

- Advertisement -spot_img
तुलसीपुर, ३० फागुण । राप्ती बबई क्याम्पस सञ्चालक समितिको पदभार ग्रहण भएको छ । क्याम्पस सञ्चालक समितिको बुधबार भएको निर्वाचनका निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई पदभार तथा सपथ ग्रहण गराइएको हो ।
निर्वाचन समितिका संयोजक महेशप्रसाद आचार्यको अध्यक्षतामा तथा पूर्व सासद बुद्धिराम भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष विष्णुकुमार देवकोटाले क्याम्पलाई आंगीक क्याम्पस बनाउने अभियानमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले बौद्धिक ब्यक्तित्व तथा शैक्षिक क्षेत्रमा अनुभवी ब्यक्तिको नेतृत्वका क्याम्पस पुगेको भन्दै क्याम्पसमा  सकारात्मक रुपमा फेरिने बताएका थिए ।
कार्यक्रममा काँग्रेस नेता सुरेन्द्र खड्का, नेकपामा नेता खुशीराम चौधरी, काँग्रेस क्षेत्रीय सभापति जगत खड्का, वडा अध्यक्ष सूर्य बहादुर डाँगी, क्याम्पस प्रमुख लक्ष्मण कुमार रेग्मी, लेवेन्द्र धिताल, अनिल कार्कीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य तथा सहायक क्याम्पस प्रमुख सूर्यप्रकाश शर्माले गरेका थिए ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here