- Advertisement -spot_img
Monday, April 19, 2021
Homeमुख्य खबरराप्ती बबईमा अन्तरक्रिया

राप्ती बबईमा अन्तरक्रिया

- Advertisement -spot_img

तुलसीपुर, १५ असार । राप्ती बबई क्याम्पस तुलसीपुरमा शैक्षिक अन्तरक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमको सहभागितामा अन्तरक्रिया गरिएको हो ।
क्याम्पस प्रमुख युवराज रावतको अध्यक्षतामा तथा डिन गौतमको प्रमुख आतिथ्यता र राप्ती बबई क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार देवकोटाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पसको शैक्षिक सुधार गर्ने अभियानमा सबै सक्रिय हुनुपर्ने बताइएको थियो । कार्यक्रममा डिन गौतमले प्राध्यापकहरु आधुनिक सूचना प्रविधिमैत्री बन्नुपर्ने र अनुसन्धानमुखी हुनुपर्ने बताएका थिए ।
उनले प्राध्यापकहरु अनुसन्धान कार्यमा संलग्न नभएसम्म नयाँ र खोजमूलक शिक्षा दिन नसक्ने भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताए । अनुसन्धानमुखी नहुँदा परम्परागत शिक्षण भएको उनको तर्क थियो । कार्यक्रममा अध्यक्ष देवकोटाले क्याम्पसको शैक्षिक गुणस्तर बढाउन सबै एक हुनुपर्ने बताए ।
उक्त अवसरमा क्याम्पसका प्राध्यापकहरुले स्नाकोत्तर तहको परीक्षा केन्द्र क्याम्पसमै व्यवस्था गर्न माग गरेका थिए । महेन्द्र बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र हुँदा यातायात र दूरीका कारण परीक्षार्थीलाई असहज भएको भन्दै क्याम्पस प्रसाशन र प्राध्यापकहरुले डिन गौतमसँग राप्ती बबईमै परीक्षा केन्द्र हुने व्यवस्था गरिदिन माग गरेको सहायक क्याम्पस प्रमुख भूप बहादुर बुढाथोकीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here