- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeखेलकुदराप्ती इञ्जिनियरिङमा खेलकुद सप्ताह

राप्ती इञ्जिनियरिङमा खेलकुद सप्ताह

- Advertisement -spot_img

घोराही, २९ पुस । राप्ती इञ्जिनियरिङ कलेजद्वारा आयोजित सप्ताहव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भएको छ ।
कलेजमा अध्ययनरत ब्याचलर, डिप्लोमा तथा प्राविधिक एसएलसी तहका छात्राछात्रलाई खेलकुदप्रति जागरूप बनाउने उद्देश्यका साथ सप्ताव्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको कलेजले बताएको छ ।
कलेजले ब्याडमिन्टन, कुर्सी दौड, घैंटा फोड, वक्तृत्वकला, तातो आलु, सटपुट, दौड, चेस, हाजिरीजवाफ, फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबल टेनिस, लगायतका विभिन्न खेलको आयोजना गरेको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेशसभा सदस्य इन्द्रजीत थारूले खेलले रचनात्मक प्रतिस्पर्धामा उत्रिन भूमिका खेल्ने बताउँदै खेलकुदमा लाग्ने मान्छे कहिल्यै पछाडि नपर्ने बताए । व्यक्तिमा खेलकुदले आत्मविश्वास बढाउने भन्दै प्रतिस्पर्धाबाट अझ खेलाडीलाई फाइदा पुग्ने उल्लेख गरे ।
खेलकुदले व्यक्तिलाई सबै क्षेत्रबाट फाइदा पुग्ने भएकोले प्रदेशसभाले प्रत्येक पालिकास्तरीय खेलकुद मैदान बनाउने तयारीमा रहेको कुरा उल्लेख गरे । कलेजले गुणस्तरीय प्राविधिक शिक्षा दिएको आफूलाई अनुभूति भएको भन्दै बधाई तथा प्रगतीको कामना गरे ।
कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरी, डाईरेक्टर मधुसुदन वैद्य, कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल यादव सुवेदी, नागरिक समाज दाङका अध्यक्ष चन्द्रराज पन्थ, प्राडा. बसन्तराज शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ब्याचलर,
डिप्लोमा तथा प्राविधिक एसएलसी तर्फका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए । कलेज व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक भिमसेन गिरीको स्वागत मन्तव्यबाट सुरूभएको कार्यक्रमको सञ्चालन विई सिभिल चौथो वर्षका विद्यार्थी विकास जिसीले गरेका थिए । कार्यक्रम खेल संयोजक विई सिभिल चौथो वर्षका विद्यार्थी गोविन्दकुमार मल्लको अध्यक्षतामा भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here