राप्तीमा नमुना विद्यालयको अनुगमन

फिचर मुख्य खबर समाज

मसुरीया (दाङ), २१ साउन ।
राप्ती गाउँपालिकामा नमुना विद्यालय छनौटमा परेका दुईवटा विद्यालयको अनुगमन गरिएको छ अनुगमनमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, शिक्षापे्रमी हरि भुसाल तथा गाउँपालिकाका सञ्चार संयोजक तिर्थराज ज्ञवालीको समेत सहभागिता रहेको थियो । टोलीले वडा नम्बर ४ मा अवस्थित श्री माध्यमिक विद्यालय मौरीघाट तथा वडा नम्बर ८ मा रहेको शंकर माध्यमिक विद्यालय पिपरीको स्थलगत अनुगमन गरिएको हो । विद्यालयको भौतिक अवस्था तथा शैक्षिक गुणस्तर, विद्यार्थीमैत्रीको अवस्था, सरसफाई, शिक्षक, विद्यार्थीको उपस्थिति लगायतका विषयमा अनुगमन गरिएको छ ।
साथै नमुना विद्यालयले अबलम्वन गर्नुपर्ने मापदण्डका विषयमा समेत सम्बन्धित विद्यालयका प्रधानाध्यापक सीता रिजाल तथा रामकुमार चौधरीसँग छलफल तथा सोधपुछसमेत गरिएको छ । राप्ती गाउँपालिकामा गाउँपालिकाले सात विद्यालयलाई नमुना विद्यालय बनाउने प्रक्रिया बढिरहेको अवस्थामा गाउँपालिका क्षेत्रभित्र रहेका विद्यालयको अवस्था सुधार गर्ने कार्यलाई जोड दिन यस्तो अनुगमन गरिएको छ ।

गाउँ कार्यपालिकाको दोस्रो बैठक

यसैबीच राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको आर्थिक वर्ष ०७५÷७६ को दोस्रो बैठक राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसी महङ्खवपूर्ण निर्णय गर्दै आइतबार सम्पन्न भएको छ । बैठकले राप्ती गाउँपालिकाका नागरिकहरुलाई सिंहदरबारको सेवा सुविधा पु¥याउन कर्मचारी दरबन्दी संरचनामा ब्यापक छलफल गरी आवश्यक परिमार्जनसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थप कर्मचारी पठाउन माग गर्ने निर्णय गरेको छ ।
साथै बैठकले आन्तरिक लेखापरिक्षण गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अनुरोध गर्ने, यस आर्थिक वर्षका योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नका लागि उपभोक्ता समिति गठन गर्ने र तालिम सप्ताह मनाउने, राप्ती गाउँपालिकाका वडाहरुमा गरिएको गत आर्थिक वर्ष ०७४÷०७५ को योजना तथा कार्यक्रमहरुको समीक्षामा आएका सल्लाह, सुझाव तथा गुनासाहरुको सम्बोधन गर्ने निर्णय गरेको राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको आर्थिक वर्ष ०७५÷०७६ को दोस्रो बैठकले शिक्षा, कृषि तथा पशुसँग सम्बन्धित कार्यक्रम तत्काल सुरु गर्ने राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *