Friday, April 19, 2024
Homeफिचरराप्तीको पानीलाई बहुउपयोगीको योजना

राप्तीको पानीलाई बहुउपयोगीको योजना

- Advertisement -spot_img

घोराही, २३ कार्तिक । राप्तीको पानीलाई बहुउपयोगी बनाउने योजना अघि सारिएको छ । यस विषयमा तयार पारिएको अध्ययन प्रतिवेदन शुक्रबार दाङमा सार्वजनिक गरिएको छ । प्रतिवेदनअनुसार राप्ती नदीलाई अधिकतम प्रयोग गरेमा उर्जा र सिंचाईको लागि सम्भावना भएको जनाएको हो ।
जल तथा ऊर्जा आयोगका पूर्व सचिव शीतलबाबु रेग्मीले दाङको नौमुरेमा बाँध बाँधेर विद्युत निकाल्न सकिने बताए । त्यहाँबाट २ सय ४५ मेघावाट विद्युत निकाल्न सकिने सम्भावना रहेको उनले बताए ।
त्यहाँबाट प्रतिसेकेण्ड १.४२ घनमीटर पानी बग्ने उनले जानकारी गराए । दाङमा बग्ने राप्ती नदीलाई बाँध बाँधेर विद्युत उत्पादन गर्नुका साथै कपिलवस्तु जिल्लामा समेत सिंचाईको लागि पानी पु¥याउन सकिने बताएका थिए । त्यसैगरी सिक्टामार्फत सिंचाई गर्न सकिने उनले बताए ।
दाङमा पुसदेखि जेठ महिनासम्म पानीको अभाव हुने र माग पनि धेरै हुने भएकाले पानीलाई सही सदुपयोग तथा व्यवस्था गर्नुपर्ने बताएका थिए । पश्चिम राप्ती नदी बेसिन योजनाअनुसार दाङ डाइभर्सन, कपिलवस्तु डाइभर्सन, प्रगन्ना सिंचाई, बड्कापथ सिंचाई, सिक्टा सिंचाई परियोजना, सिक्टा वेस्ट, सिक्टा ईस्ट आयोजनाहरू रहेका छन् ।
दाङ डाइभर्सनले दाङभ्याली सिंचाई र विद्युत उत्पादन गर्न सकिने छ भने भालुवाङ–नौमुरेमा पर्ने राप्ती नदीलाई ड्याम बनाएर कपिलवस्तु जिल्लामा सिंचाईको लागि प्रयोग गर्न सकिने बताएका थिए । वेष्ट राप्ती नदीलाई देउखुरी क्षेत्रमा प्रगन्नाअन्तर्गत सिंचाईको लागि प्रयोग गर्न सकिनेछ । राप्ती नदीबाट बग्ने पानी राप्तीबासी ४५ प्रतिशत र भारतले ५५ प्रतिशत पानी प्रयोग गर्ने गरेको बताएका थिए ।
जल तथा उर्जा आयोगको सचिवालयले पश्चिम राप्ती नदी बेसिन योजना तर्जुमासम्बन्धी छलफल गोष्ठीको आयोजना गरेर प्रतिवेदन सार्वजनिक गरेको थियो ।
छलफलमा सहभागी सरोकारवालाहरूले दाङलाई प्राथमिकतामा राखेर मात्र राप्ती नदीको पानीलाई अन्यत्र प्रयोग गर्न सुझाव दिएका थिए । जलश्रोत मन्त्री वर्षमान पुनले एक वर्षभित्र देश उर्जामा आत्मनिर्भर हुने बताएका छन् । पहिले राप्तीबासीलाई पानीको प्राथमिकतामा राखेर भारतमा पठाउन अनुरोधसमेत गरेका थिए ।
जल तथा उर्जा आयोगका सचिव डा.रमेशप्रसाद सिंहको अध्यक्षतामा गोष्ठी भएको थियो । उर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुनले यो प्रतिवेदन अन्तिम सत्य नभएको बताए ।
योजनाहरू निर्माण गर्ने क्रममा अन्य योजना तथा स्रोतहरू भेटिन सक्ने र यी योजना दीर्घकालिन रूपमा लिनको लागि अन्तिम सत्य नभएको बताए । पश्चिम राप्ती नदी बेसिन योजना बनाईरहदा प्रशासनिक, राजनीतिक र जनताको अधिकतम सहभागिता हुनुपर्ने बताएका थिए ।
‘राप्ती नदी हामीले प्रयोग गर्ने नदी हो र यो सीमा बाहिर पनि बग्छ भन्ने कुरा सबैलाई हेक्का होस्’ गोष्ठीमा सहभागी सरोकारवालाहरूलाई सम्झाउँदै भने ‘छिमेकी देशको लागि पनि सोच्नुपर्छ भन्ने जिम्मेवारी वहन गर्नुपर्छ ।’
सबैलाई पायक पर्ने गरी योजना बनाउनसमेत सुझाव दिएका थिए । पश्चिम राप्ती नदीको बेसिन योजना बनाउँदा विभिन्न तहका नीति नियम बनाउन सबैको सक्रिय भूमिका खेल्नसमेत सुझाव दिएका थिए ।
माडी दाङ डाइभर्सन आयोजनालाई पूरा गर्नसके दाङको ५६ हजार कृषियोग्य जमिनमा सिंचाईसँगै हराभरा हुने बताए । अहिले दाङको समृद्धिका लागि बृहत् दाङ सिंचाई आयोजनासमेत सुरू भइरहेको बताए ।
गोष्ठीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राप्ती नदीबाट सबै क्षेत्रमा पानी पु¥याउन सकिने अध्ययनमा देखिसकेकाले सबै ढुक्क हुन अनुरोध गरेका थिए । ‘राप्ती नदीबाट विद्युत निकाल्दा पानी पुग्दैन कि भन्ने गुनासोहरू आउने गर्छन्’ मुख्यमन्त्री पोख्रेलले भने ‘मैले पानी विज्ञहरूसँग पनि छलफल गरेको छु, पहिले पिउने पानी र सिंचाईलाई प्राथमिकतामा राखिने छ ।’

एक वर्षभित्र उर्जामा आत्मनिर्भर

उर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुनले एक वर्षभित्र देश उर्जामा आत्मनिर्भर हुने बताएका छन् । ‘अबको एक वर्षमा एक हजार मेगावाट विद्युत थप्दैछौँ’, प्रेस संगठन नेपाल दाङ शाखाले शुक्रबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पुनले भने ‘आगामी वर्ष नेपाल ऊर्जामा आत्मनिर्भर हुन्छ ।’
अहिलेको तुलनामा दोब्बर बृद्धि भएपछि नेपाल उर्जामा आत्मनिर्भर हुने लउनको भनाइ थियो । अहिले चार हजारदेखि साढे चार हजार मेगावाट विद्युत उत्पादनको तयारीमा नेपाल रहेको बताए ।
ऊर्जामा आत्मनिर्भर हुँदै विद्युत निर्यात गर्नका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता भएको समेत बताए । त्यस्तै मन्त्री पुनले विद्युतीकरण पुग्न नसकेका ठाउँहरूमा विद्युत पु¥याउनका लागि सरकारले देशका ४१ जिल्लामा विद्युतीकरण कार्यक्रम लागू गरेको बताए ।
कार्यक्रमअन्तर्गत यसैवर्ष दाङ जिल्लाका सबै ठाउँमा विद्युत पुग्ने समेत बताए । जिल्लामा विद्युतको समस्या समाधानका लागि गतवर्ष पश्चिम दाङको हापुरेमा १३२ केबी क्षमताको सवस्टेशन र अहिले घोराहीमा समेत अर्को १३२ केबी क्षमताको सवस्टेशन निर्माण भएको बताए ।
ऊर्जामा आत्मनिर्भर भएपछि वर्षातको समयमा विद्युत भारतलगायतका देशहरूलाई बिक्रीसमेत गर्ने मन्त्री पुनको भनाइ थियो । सरकारले देशका ४१ जिल्लामा विद्युतीकरण कार्यक्रम लागू गरेको बताए ।
कार्यक्रमअन्तर्गत यसैवर्ष दाङ जिल्लाका सबै ठाउँमा विद्युत पुग्ने समेत बताए । त्यस्तै दाङ जिल्लाको समृद्धिका लागि माडी भाइभर्सन आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने समेत बताए ।
माडीको पानी दाङ ल्याउनसके सिंचाईसँगै खानेपानी, उद्योग सञ्चालन, व्यवसाय सञ्चालनमा समेत सहयोग पुग्ने बताए । अहिले अध्ययन भइरहेको भन्दै उनले अध्ययनपछि यसलाई राष्ट्रिय गौरबको आयोजनाका रूपमा अघि बढाएर समृद्ध दाङ बनाउने कामलाई पूरा गर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here