Tuesday, March 26, 2024
Homeफिचररातकी रानीसँग रमाउँदै पूर्वमन्त्री

रातकी रानीसँग रमाउँदै पूर्वमन्त्री

- Advertisement -spot_img

केही दिन अघि मात्रै तुलसीपुरबाट घोराही जाँदै गर्दा बसमा कुरा चल्यो पूर्वमन्त्री लोकेन्द्र विष्ट फेरी नयाँ व्यवसायमा हात हालेका रहेछन्, विजौरीभन्दा अलिपर बस आफ्नै गतिमा हुँदा ति मानिसहरु पूर्वमन्त्री लोकेन्द्र विष्टले गरेको ड्रागन अर्थात् रातकी रानी खेतीको कुरा चलिरहेको थियो ।
टाई र सुटबुटमा सजिएका ति बसमा भएका कतिपय मानिस भन्दै थिए ‘पूर्वमन्त्री जस्तो मान्छे त नीति निर्माण तहमा बस्ने हो कहाँ कृषि खेती पो थालेका होलान् ?’ यति भन्दैै गर्दा अधिकांश चाही भन्दै थिए ‘पूर्वमन्त्री लोकेन्द्र विष्टको काम निकै उदाहरणीय छ,
उनको यस्तो कामले देशमै केही गर्नुपर्छ भन्ने राम्रो सन्देश गएको छ, काम सानो ठूलो हुँदैन्, पूर्वमन्त्री विष्टज्यूले गरेको कामबाट अरुले पनि राम्रो पाठ सिक्न सक्छन् ।’
धेरैलाई लाग्न सक्छ, मन्त्री भईसकेपछि निकै सामान्य जीवनशैलीमा को पो रमाउन सक्छ होला ? र तर यदि तपाई त्यसो सोच्दै हुनुहुन्छ भने तपाईको सोचाई गलत सावित गरदिनुभएको छ पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले ।
लामो समय राजनैनिक जीवन तथा नीति निर्माण तहमा बसेर कुनै समय देश चलाउने लोकेन्द्र विष्ट मगर यतिबेला कुटो, कोदालो चलाउँदै कृषि पेशाबाटै समृद्धि खोज्न थालेका छन् ।
२०५२ सालपछि सशस्त्र द्वन्द्वको समयदेखि नै सक्रिय राजनीतिमा होमिएको विष्ट मुलुकमा शान्ति स्थापनासँगै दुई पटक मन्त्री भए तर अहिले सामान्य लाग्ने तर निकै महङ्खवपूर्ण कृषि पेशासँग जोडिएका छन् ।
केही समय अघि कालो धानको खेती गरेर चर्चा कमाएका पूर्वमन्त्री विष्टले पछिल्लो समय रातको रानी अर्थात् ‘नाईट क्विन’को खेती शुरुवात गरेका छन् । लामो समय राजनीतिमा लाग्नु गलत हो भन्ने बुझाईका साथ पूर्वमन्त्री विष्ट आफै कृषि खेतीमा गरेको संघर्ष देख्दा लाग्छ संघर्ष त युद्धमा मात्र कहाँ रहेछ, संघर्ष जीवनका हरेक मोडमा रहेछ ।

लामो समय राजनैनिक जीवन तथा नीति निर्माण तहमा बसेर कुनै समय देश चलाउने लोकेन्द्र विष्ट मगर यतिबेला कुटो, कोदालो चलाउँदै कृषि पेशाबाटै समृद्धि खोज्न थालेका छन् ।

नेपालका चार÷पाँच जिल्लामा मात्रै गरिएको ड्रागन खेती पछिल्लो समय दाङमा पूर्वमन्त्री विष्ट मगरले थालेका छन् । धेरै गुणले सम्पन्न सिउँडी प्रजातीको ड्रागन अर्थात् रातकी रानी ग्यास्ट्रिक, कब्जियत, कोलेष्ट्रोल लगायतका रोगलाई निको बनाउने फल दिने प्रजातिको रुपमा चिनिन्छ  ।
पूर्वमन्त्री विष्ट मगरको दम्पत्तिले तुलसीपुर उपमहानगरपालिका–१८ मैरवामा करिब ६६ कठ्ठा जमिनमा यसको खेती थालेका हुन् । ड्रागनलाई किन रातकी रानी भनियो होला त भन्ने प्रश्नमा पूर्वमन्त्री विष्टले रातमा फुलेर बिहान घाम नलाग्दै ओइलाईसक्ने भएकाले रातकी रानी भनिएको बताए ।

‘यसको उपयोगिता धेरै छ, घरमा सजाउनका लागि रोपिएको पाईन्छ तर व्यवसायिक खेती भने कमै गर्ने गरिन्छ’ उनले भने ‘म व्यवसायिक रुपमा यसको खेती थालेको छुु, स्वास्थ्यका दृष्टिकोणले मात्र नभई वातावरणीय हिसावले पनि यो खेती उपयुक्त मानिन्छ ।’
रातकी रानी अर्थात् ड्रागनको विरुवा रोपेको २ देखि ५ वर्षभित्रमा फल दिन शुरु हुने उनले बताए । ड्रागनले जेठदेखि कात्तिक महिनासम्म फल दिने उनको भनाइ छ ।
‘एउटा विरुवाले २५ देखि ४० केजीसम्म आम्दानी दिने र फुलेको ३५ देखि ४० दिनमा फल खान तयार हुन्छ’ उनले भने ‘लामो अध्ययन र परामर्शपछि यो खेती गरिएको हो, व्यवसायीक सफलताभन्दा पनि वातारणीय हिसावले निकै राम्रो छ ।’ यो खेती नेपालसहित विश्वका विभिन्न देशमा गरिएको उनले बताए ।
करिब ६६ कठ्ठा जग्गा भाडामा लिएर यसको खेती गरिएको उनले जानकारी दिए । पूर्वमन्त्री भईसकेका विष्ट कसरी यो पेशामा आए होलान् भन्ने धेरैको जिज्ञासा छ भन्ने जवाफमा उनले सानै उमेरमा कृषि पेशामा रमाउने,
किसानलाई सम्मान गर्ने र नेपालमा कृषिबाटै आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ भनेर नै आफू कृषि पेशामा जोडिएको बताए । उमेरले करिब पाँच दशक पूरा गरिसकेका विष्टको जोडीले ड्रागनको खेती शुरुवात गरेपछि पछिल्लो समयले यसले निकै चर्चा बटुलेको छन् ।
६६ कठ्ठा जग्गा सबै तारबार गरिएको अनि करिब २ मिटरका पिलरसँगै ड्रागनको विरुवा देख्दा विष्ट दम्पत्तिको मेहनतले साँच्चिकै कृषि क्रान्ति झल्किन्छ । विष्ट भन्छन् ‘सजिलो काम त जसले पनि गर्छ तर जुन ठाउँमा धेरै मेहनत हुन्छ त्यो कामको चर्चा पनि राम्रै हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here