- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरराज्यको सोंचाई फेरिनुपर्छ

राज्यको सोंचाई फेरिनुपर्छ

- Advertisement -spot_img

नेशनल प्याब्सनको १०औं साधारणसभा …
तुलसीपुर, ११ फागुन । निजी विद्यालय सञ्चालक तथा नेतृत्वकर्ताहरुले राज्यले निजी विद्यालयप्रति गर्ने ब्यवहार र सोंचाई फेरिनुपर्ने बताएका छन् । शिक्षालाई खण्डीकरण गरेर राज्यले निजी विद्यालयहरुलाई हेर्ने दृष्टीकोण गलत गराएको आरोपसमेत उनीहरुले बताए । सरकारले शिक्षालाई खण्डीकरण गर्दै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरतामा निजी विद्यालयहरुलाई प्रत्यक्ष बाधकका रुपमा लिनु सरासर गलत भएको उनीहरुले बताए । निजी विद्यालयले कायम गरेका शैक्षिक गुणस्तरलाई राज्यले सम्मान गर्नुको साटो विभिन्न बहानामा समस्यामा पार्ने गरेको बताए । जसका कारण अहिले देशको शैक्षिक क्षेत्रमा इतिहासकै कहाली लाग्दो अवस्था सिर्जना भएको उल्लेख गरे । निजी शिक्षालय सञ्चालनमा आरोह अवरोह उत्पन्न गराएको बताए ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) दाङको शुक्रबार तुलसीपुरमा भएको १०औँ वार्षिक साधारण सभाका अवसरमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले शिक्षालाई खण्डीकरण गरी निजी र सार्वजनिक शिक्षा भन्नु गलत भएको टिप्पणी गरे । सरकारले निजी विद्यालयहरुलाई शैक्षिक गुणस्तरताको बाधक बनाउँदा नेपालको शिक्षाको अवस्था दयनीय बन्दै जाने बताए । शिक्षा राष्ट्रको सर्वपक्षीय सम्पन्नता र स्थायित्वको बाटो भएकाले सरकारले यसलाई समयमा बुझ्नुपर्ने उनीहरुले बताए । निजी क्षेत्रले सञ्चालन गरेको शिक्षालयमा देशमा अहिले एक लाख भन्दा बढी प्रत्यक्ष रोजगार पाएको समेत जानकारी गराए । नेपालका करिब ५५ प्रतिशत महिलाहरुलाई समेत रोजगारी दिएको निजी क्षेत्रलाई सरकारले यसरी वाधकको रुपमा लिन नहुने उनीहरुको भनाइ छ । नेशनल प्याब्सन दाङका अधयक्ष भीम बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा एन प्याब्सन नेपालका अध्यक्ष ऋतुराज सापकोटाले राज्यले अहिलेको शिक्षालाई समग्रताको हिसाबमा हेर्न आवश्यक भएको बताए । सबैखाले पहँुचको आधारमा निजी शिक्षालयहरु स्थापना भएकाले शिक्षालाई निजी र सार्वजनिक भन्न नमिल्ने उल्लेख गरे ।

सरकारले शिक्षालाई खण्डीकरण गर्दै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरतामा निजी विद्यालयहरुलाई प्रत्यक्ष बाधकका रुपमा लिनु सरासर गलत भएको उनीहरुले बताए ।

‘एन प्याब्सनसँग आवद्ध रहेका सबै विद्यालयहरुमा हुने खानेका मात्र नभई गरीखानेका सन्तानले समेत शिक्षा पाएका छन्, उनले भने– किनभने खाडी मुलुकमा बगेको पसिनाले राम्रो शिक्षामा आफ्नो लगानी चाहेको हुन्छ त्यसलाई निजी शिक्षालयले पूरा गरेको छ ।’ जसका लागि सबै विद्यालयहरु स्तरीय शिक्षाप्रतिको प्रतिवद्धता र बालबालिकाप्रतिको प्रतिवद्धताकका साथ अगाडि बढ्नु आजको आवश्यकता रहेको छ ।
केन्द्रीय महासचिव सुभाष न्यौपानेले शिक्षाको विकास र देशको विकासका लागि एन प्याब्सनले अग्रणी भूमिका खेलेको बताए । देशको आधार स्तम्भ, शिक्षाको आवश्यकतालाई अहिलेको सरकारले चिन्न नसकेकाले सरकार निजी विद्यालयहरु प्रति आलोचनात्मक देखिएको उनको भनाइ थियो । बजारमा बिक्न सक्ने जनशक्ति निर्माण गरेको बताउँदै उनले सरकारले अचल सम्पत्ति कमाएको भन्दै गलत आरोप लगाउन नहुने बताए ।
कार्यक्रममा एन प्याब्सन ५ नम्बर प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष सुवोधकुमार डाँगी, केन्द्रीय सदस्य माधव न्यौपाने, केन्द्रीय सदस्य बामदेव न्यौपाने, प्रदेश टुडे राष्ट्रिय दैनिकका सम्पादक गोपाल शर्मा भट्टराई, एन प्याब्सन दाङका सल्लाहकार सुरेन्द्र जिसी, प्रशिक्षक प्रतिक्षा गौतम, पत्रकार शरद रेग्मी पुस्तक ब्यवसायी निर्मल आचार्य लगायतले बोलेका थिए । यसैबीच शैक्षिक जागरणका लागि सञ्चार माध्यमको तर्फबाट महङ्खवपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रदेश टुडे राष्ट्रिय दैनिकलाई सम्मान गरिएको थियो । त्यस्तै एन प्याब्सन वर्ष उत्कृष्ट विद्यार्थी छात्रतर्फ शिशिर खड्का ज्ञानज्योति सेकेन्डरी स्कुल र छात्रातर्फ गीता न्यौपाने पि एण्ड के पाठशालालाई पुरस्कृत एवं सम्मान गरेको हो । कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष विमल गौतमले गरेका थिए । संस्थाका कोषाध्यक्ष हरिप्रसाद भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थिए भने संस्थाको वार्षिक प्रतिवेदन एवं कार्यक्रमको सहजीकरण सचिव ठाकुरप्रसाद डाँगीले गरेका थिए । उक्त अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here