- Advertisement -spot_img
Friday, April 16, 2021
Homeसम्पादकीयराजस्व संकलन र लक्ष्य

राजस्व संकलन र लक्ष्य

- Advertisement -spot_img

आर्थिक वर्ष सकिएको छ । साउन देखि नयाँ आर्थिक वर्ष पनि सुरु भएको छ । गत आर्थिक वर्षको आम्दानीको श्रृङ्खला अहिले सार्वजनिक भइरहेको छ । विभिन्न क्षेत्र तथा विषयगत कार्यालयले देशको आम्दानीको मुख्यस्रोत राजस्व संकलन नै हो ।
यसमा कति लक्ष्य अनुसार गएको छ भने कति लक्ष्यभन्दा कम भएको छ । आर्थिक मेरुदण्डको रुपमा रहेको राजस्व संकलनले देशको आगामी वर्षको बजेटको अवस्था पनि आँकलन गर्नेगर्छ । यस वर्षको समग्र आम्दानी पनि सार्वजनिक भएको छ ।
नेपालभरी लक्ष्यको झण्डै एक खर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ । यसले लक्ष्य अनुसारको विकासलाई पनि प्रभाव पार्ने देखिएको छ । नेपाल आर्थिक रुपमा पूर्णरुपमा सक्षम हुन सकेको छैन । यो अवस्थामा राजस्व संकलन बढाउन सकेको भए आत्मानिर्भरतर्फ राज्य जान सक्ने थियो ।
दाङमा पनि विभिन्न निकायले गत वर्ष संकलन भएको राजस्वको अवस्था सार्वजनिक गरिरहेका छन् । जिल्लाको राजस्व संकलन हुने ठूलो निकाय आन्तरिक राजस्व कार्यालय हो । त्यसैगरी अन्य विषयगत कार्यालयहरु पनि त्यत्ति नै छन ।
मालपोत, प्रशासन, यातायात, स्थानीय तहले आन्तरिक रुपमा राजस्व संकलन गरिरहेका हुन्छन् । कतिपय राजस्व जिल्लामै व्यवस्थापन र वितरण हुने गरेको छ । नीति अनुसार संघ र प्रदेशमा पनि व्यवस्थापन हुँदै आएको छ ।
जिल्लामा रहेका तीनवटा मालपोत कार्यालयमध्ये तुलसीपुर मालपोतले साढे १८ करोड राजस्व संकलन गरेकोमा १३ करोड स्थानीय तहलाई नै बाँडफाँड गरेको छ ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कर तिर्नेतर्फ सबैको आकर्षण नहुनु र गराउन नसक्नुले पनि लक्ष्य अनुसारको राजस्व संकलनमा समस्या हुने हुनसक्छ ।
राज्यका यस्ता निकायले कार्य सम्पादन र केही करदाता बढाउनेतर्फ लाग्नुपर्छ । कार्यालयले यो वर्ष लक्ष्यभन्दा ३ प्रतिशत कम राजस्व संकलन गर्नुले अब सक्रियता बढाउनुपर्ने देखिन्छ ।
दाङमा मात्रै झण्डै ५ अर्ब राजस्व संकलन भएको छ । यो राजस्व जिल्लाका स्थानीयतहहरुको विकास बजेटको सेरोफेरोमा रहेको छ । करको दायरा बढाएर सबैलाई कर तिर्ने वातावरण बनाउन सकेमा अझ राजस्व संकलन बढ्ने देखिन्छ ।
जिल्लामा संकलन भएको राजस्व जिल्लामै खर्च गर्ने अवस्थ बनेमा जिल्लाकै विकासमा टेवा पुग्ने देखिन्छ । यसतर्फ पनि सोच्न सकेमा जिल्लाबासीले तिरेको करको जिल्लामा सदुपयोग हुने थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here