राजमार्ग मर्मत गर्दै ‘एसीसी’

फिचर मुख्य खबर राजनीति समाज

दाङ, ६ मंसिर । नेपालमा पहिलो पटक अमेरिकन सरकारी संस्था एमसीसीले सडक निर्माण हात हाल्ने भएको छ । अमेरिकन सरकारको आधिकारिक संस्था एमसीसीले पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को तीन सय किलोमिटर सडक चौडा र मर्मत गर्ने गरी नेपाल सरकारलाई कार्ययोजना प्रस्तुत गरेको हो । निर्माण र मर्मतको कामको सुरुवात दाङबाट गरिदै छ ।
रिसाइकल प्रविधि प्रयोग गरेर महेन्द्र राजमार्गको तीन सय किलोमिटर सडकको विस्तार र मर्मत गर्ने गरी अमेरिकन कम्पनी एमसीसीले अध्ययन सुरु गरेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । एमसीसीले गर्ने पहिलो काम दाङबाटै सुरु हँुदैछ । महेन्द्र राजमार्गअन्तर्गत दाङमा पर्ने लमही–भालुवाङ सडक खण्डको २५ किलोमिटर सडकलाई पाइलट प्रोजेक्टको रुपमा एमसीसीले काम गर्ने तयारी गरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर बद्रीप्रसाद शर्माले जानकारी दिए ।
उनले नेपालमा पहिलो पटक अमेरिकन संस्थाले सडकमा काम गर्न लागेको भन्दै दाङबाटै यसको सुरुवात हुनु राम्रो पक्ष भएको बताए । यसका लागि एमसीसी संस्थाका आधिकारिक प्रतिनिधि मण्डल र कन्सल्टेन्टले जिल्ला सडकसँग छलफलसमेत गरिसकेको जानकारी दिए । एमसीसीले सबै काम आफ्नै खर्चमा गर्ने छ । ग्लोबल टेन्डर आह्वान गरी अब छिट्टै काम सुरु गर्ने तयारी एमसीसीले गरेको प्रमुख शर्माले बताए ।
कम्पनीले पहिलो चरणमा जोखिमपूर्ण क्षेत्रको पहिचान गरी राजमार्ग मर्मत र विस्तारको काम सुरु गर्ने छ । अहिले दुई लेन नपुगेको महेन्द्र राजमार्गलाई दुई लेन बनाईने उच्च गुणस्तरीय प्रविधिको प्रयोग गरेरर कालोपत्रे गर्ने लगायतका काम एमसीसीले गर्ने डिभिजन प्रमुख शर्माले बताए । अहिले अमेरिकन टोली अध्ययन र छलफलमा छ शर्माले भने, सडक विभागको समन्वयनबाटै यसको प्रारम्भिक चरण दाङबाटै सुरु हुन्छ, त्यो पनि लमही भालुवाङ खण्डमा ।

रिसाइकल प्रविधिको प्रयोग गरेर अहिलेसम्म नेपालका कुनै सडक निर्माण भएका छैनन्, लमही भालुवाङमा यो प्रयोग गरेर थप योजना र प्रविधिको बारेमा निर्णय गर्ने योजना अमेरिकन संस्थाको रहेको शर्माले बताए ।


रिसाइकलिङ प्रविधि अपनाउने भएकाले सडकबाट निस्किएको सामाग्री पनि त्यहि खपत गर्ने प्रविधिको प्रयोग हुने टोलीले जानकारी दिएको उनले बताए । रिसाइकल प्रविधिको प्रयोग गरेर अहिलेसम्म नेपालका कुनै सडक निर्माण भएका छैनन्, लमही भालुवाङमा यो प्रयोग गरेर थप योजना र प्रविधिको बारेमा निर्णय गर्ने योजना अमेरिकन संस्थाको रहेको शर्माले बताए । एमसीसीले निर्माणका लागि लागत भने तोकेको छैन । अध्ययनपछि र पाइलट प्रोजेक्टपछि यसको एकीन लगानी आउने छ । एमसीसीको सडक निर्माणको काम नयाँ प्रविधि र नेपालका लागि नौलो भएको भन्दै प्रमुख शर्माले विदेशमा यो प्रविधिको सडक गुणस्तर देखिने गरेको बताए ।
अमेरिकन कम्पनीले सडक निर्माणमा हात हाल्ने भएपछि छिटो र गुणस्तरीय सडक निर्माण हुने विश्वास स्थानीयहरुले लिएका छन् । सडक इन्जिनियर लिला भण्डारीले संस्थाले सरकारसँग कामको सम्झौताको तयारी गरिरहेको भन्दै अध्ययन सकेलगत्तै सरकारी सम्झौता हुने र कामको प्रक्रिया अघि बढ्ने बताए । उनले यो प्रविधिको प्रयोग गरेर सडक निर्माण गर्न थालिए नदीजन्य वस्तुको कम प्रयोग गरेरै निर्माण पूरा गर्न सकिने बताए ।

अमिलिया–तुलसीपुर पनि एमसीसीकै जिम्मा

राप्ती राजमार्गअन्तर्गतको अमिलिया तुलसीपुर सडकखण्डको मर्मत र विस्तारको जिम्मा पनि अमेरिकन कम्पनी एमसीसीले नै लिने भएको छ । एमसीसीले महेन्द्र राजमार्ग सँगसँगै राप्ती राजमार्गको अमिलिया–तुलसीपुरको २३ किलो मिटर सडकको जिम्मा लिने प्रस्ताव भएको सडक डिभिजन प्रमुख शर्माले जानकारी दिए । कम्तिमा पनि २० वर्षको सोचलाई अघि सारेर यो सडक मर्मत र विस्तार गर्न अमेरिकन कम्पनी एमसीसि राजी भएको उनले बताए । डिभिजनले अहिले गरिरहेको ७ किलोमिटर विस्तार र मर्मतलाई छोडेर बाँकी रहेको २३ किलोमिटर सडक एमसीसीले जिम्मा लिने उनले बताए । यसका लागि एमसीसीले सडकको विस्तृत अध्ययन र सर्वे सुरु गरिसकेको त्यो पूरा भएपछि काम सुरु गर्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *