राजमार्ग मर्मत गरिने

मुख्य खबर समाज

देउखुरी, २० भदौ । दाङको देउखुरी क्षेत्रमा रहेको पूर्व–पश्चिम राजमार्गमा परेका खाल्डाखुल्डीको मर्मत गरिने भएको छ । सडक विभागले सडकमा परेका खाल्डाखुल्डी मर्मतमा ढिलाई गरेपछि स्थानीय प्रशासन मार्फत् सडक मर्मत गरिने भएको हो ।
देउखुरी क्षेत्रमा सडक खाल्डाखुल्डी परेपछि सवारी दुर्घटना भएको भन्दै स्थानीय प्रशासनले खाल्डाखुल्डी पुर्ने भएको हो । पूर्व–पश्चिम राजमार्गको दाङ क्षेत्रमा सडक मर्मत गर्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद बिक्रम शाहले जानकारी दिए ।
देउखुरी क्षेत्रमा सडकमा परेका खाल्डाखुल्डीका कारण बढी दुर्घटना भएको जनगुनासो बढी आएपछि स्थानीय प्रशासन आफैले खाल्डाखुल्डी पुर्न सक्रियता देखाएको हो ।
हरेक बर्ष सडकमा पर्ने खाल्डाखुल्डीले सडक दुर्घटना बढाएको स्थानीले बताएका छन् । दाङको देउखुरीमा राजमार्गमा परेको खाल्डाखुल्डीका कारण पछिल्लो समयमा जोखिम बढेको प्रहरीले जनाएको छ । राजमार्गमा परेका खाल्डाखुल्डी सडक विभागले नपुर्दा दैनिक सडक दुर्घटना बढेको प्रहरीले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *