राजमार्गमा लापरवाही

विचार सम्पादकीय

यातायातलाई सहज बनाउन सबै ठाउँमा सडक सञ्जाल जोडिदै गएको छ । सडक सञ्जालले यातायातलाई सहज बनाई रहदा राजमार्गहरु भने जीर्ण हुँदै गएका छन् । मर्मत सम्भार नहुँदा भने ठूला तथा जटिल समस्याहरु पनि आउन सक्ने देखिन्छ । एक पटक कालोपत्रे गरेपछि त्यसलाई बर्षौैसम्म त्यसको संरक्षण र मर्मत नहुँदा अहिले राप्ती राजमार्ग पूरै जीर्ण भएको छ । जसमा राज्यले लापरवाही गरेको हो की भन्न सकिन्छ । त्यो अवस्था पनि अहिले देखिएको छ । सडकभरी साना ठूला खाल्डाहरु यत्रतत्र हुँदा सडक दुर्घटनासमेत निम्तयाइरहेको छ । दाङको अमिलिया–तुलसीपुरदेखि सल्यान–रुकुमसम्मको राजमार्गलाई राप्ती राजमार्गको नामाकरण गरिएको छ । त्यही सडक अहिले जीर्ण बन्दै गएको छ ।

राजमार्गलाई सधै एकनासको भएमा यातायातमा पनि सहजता आउने हो । सडककै राम्रो नभए सडकमा गुडने सवारी साधनहरु आफैमा जोखिम मोलेर गुडिरहेका हुन्छन् । सडकका निकायहरुले सडकमा लापरवाही हैन जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ । त्यसमा पनि राजमार्गहरुका अलि बढी नै जिम्मेवार भएर लाग्नुपर्छ ।


राप्तीकै पुरानो सडकमध्येको राप्ती राजमार्ग जीर्ण बन्दै गर्दा पनि राज्यले सडक हेर्ने आधिकारिक निकायले चासो दिएको देखिदैन । राप्ती राजमार्ग समयानुकूल मर्मत सम्भार नहुँदा जीर्ण भन्दै हो । सडकको सुरक्षा र मर्मत समयमा हुनुपर्ने भएपनि त्यसमा चनाखो भएको देखिदैन् । सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । दैनिक सयौँ गाडी हिड्ने पहाडी बाटोको रुपमा रहेको उक्त सडक खण्ड यही अवस्थामा रहे पूरै जीर्ण बन्ने पक्का छ । यस्ता राजमार्गहरुलाई कम्तिमा पनि एक वर्षमा एकपटक मात्रै भएपनि पूरै अवस्था बुझेर मर्मत गर्नसकेमा दीर्घकालिन रुपमा सडकको सुरक्षा हुनेछ । दाङ क्षेत्रमा पर्ने महेन्द्र राजमार्गमा पनि सडकमा खाल्डाखुल्डी अत्यधिक रहेका छन् । अवस्था राप्ती राजमार्गकै जस्तो छ । यसले पनि राज्य राजमार्गप्रति गम्भीर नभएको पुष्ट्याएको छ । राप्ती राजमार्ग २०६८ सालदेखि कालोपत्रे गर्ने योजना भएर ०७० मा सकिएका थियो । त्यसपछि कुनै मर्मत सम्भार भएको देखिएको छैन । निर्माण गरेको सडकखण्ड एक वर्षदेखि नै भत्किएर जीर्ण बन्दै आएको छ । सडक जीर्ण बन्दै गएपछि उक्त सडकखण्डमा यातायातका साधन गुडाउनसमेत जोखिम भएको छ भने दुर्घटना पनि बढ्दै गएका छन् ।
राजमार्गलाई सधै एकनासको भएमा यातायातमा पनि सहजता आउने हो । सडककै राम्रो नभए सडकमा गुडने सवारी साधनहरु आफैमा जोखिम मोलेर गुडिरहेका हुन्छन् । सडकका निकायहरुले सडकमा लापरवाही हैन जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ । त्यसमा पनि राजमार्गहरुका अलि बढी नै जिम्मेवार भएर लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *