राजमार्गका होटलको हर्कत

सम्पादकीय

उपभोक्ता ठगी गर्न सबै क्षेत्र सक्रिय छन् । उत्पादनदेखि वितरकसम्म, होटलदेखि पानीसम्म अहिले सबैले उपभोक्ता ठगिरहेका छन् । त्यसमा अहिले गुणस्तरहीन खाना उत्पादन गरेर आम उपभोक्तालाई खुवाउने ठगी गर्ने होटेलहरु देखिन थालेका छन् । विशेषगरी राजमार्गमा स्थापना भएका होटेलहरुमा यो अवस्था देखिने गरेको छ । दाङमै पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा रहेका होटलले उपभोक्ता ठगेको समाचार अहिले सार्वजनिक भएको छ । कालाकाटेमा रहेको चन्द्रसूर्य होटलले अहिले यात्रु ठग्ने, गुणस्तरहीन खाना खुवाउने र चर्काे शुल्क असुल्ने हर्कत देखाइरहनुले हाइवेयका होटलहरु ब्यवसायभन्दा पनि ठगी धन्दाका लागि होटल सञ्चालन गरेको देखाएको छ । यो धन्दामा सजिलो माध्यम होटल बनाएको प्रष्ट नै छ । उपभोक्ता ठगी गर्ने र मापदण्डभन्दा बाहिर जाने होटलहरुलाई राज्यले नियमन नसक्दा यो अवस्था आएको हो । राज्यले होटलको यो हर्कत तत्काल रोक्नुपर्छ ।
पूर्व–पश्चिम राजमार्गको होटलहरुमा खानाको गुणस्तरको प्रश्न उठिरहेको त थियो नै । विशेषगरेर पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा बढि गुनासो होटल कै छ । राज्यका अनुगमनका संयन्त्रले पनि पटक–पटक अनुगमन गर्दे उपभोक्ता ठगीको र गुणस्तरहीन खानाको पुष्टि समेत गरिसकेको अवस्थामा दाङका राजमार्ग क्षेत्रमा पनि होटलमा यो अवस्था सार्वजनिक हुनुले सबै क्षेत्रका होटलको उद्देश्य उपभोक्ता ठगी नै देखिनुले उपभोक्ता अझ सजक हुनुपर्ने देखाएको छ । खाना स्वच्छ, सफा, गुणस्तरयुक्त र मिसावटरहित हुनुपर्छ । यसले शरीर स्वस्थ बनाओस् स्वास्थ्यमा समस्या हैन । सुधार आउने वातावरण तयार होस् भने नै हुन्छ । तर यहाँका होटलहरुले गर्ने ब्यवहार र दिने खानाले मानवीय स्वास्थ्य र जीवनमा ठूलो असर पुग्ने पक्का छ । यो अवस्थालाई उपभोक्ताहरु नै जागरुप भएर निर्मूल गर्नेतर्फ लाग्नुपर्छ । होटलको खानामा विश्वास पु¥याउने गरी सेवामा गुणस्तर सुधार ल्याउन सकेमात्रै उनीहरुप्रतिको विश्वास उपभोक्ताले लिन सक्नेछन् ।
उपभोक्ताहरुलाई जस्तो पनि खुवाए हुन्छ भन्ने र गल्ती दोह¥याराई रहने होटल सञ्चालनकहरुलाई कानुनी कठघरामा ल्याइनु पर्छ । उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने गुणस्तरहीन खाना खुवाउने अवस्थाको अत्य गर्नतर्फ राज्य र राज्यलको अनुगमन संयन्त्र सक्रिय हुनुपर्छ । मौसमी अनुगमनलाई बढाएर होटलहरुमा पनि अनुगमन पु¥याउन सकेमा मात्रै यस्ता उपभोक्ता ठगी गर्नेहरु निरुत्साहित हुने दिन आउँछ । हैन भने उनीहरुकै प्रोत्साहन हुने र उपभोक्ता ठगिइरहने अवस्थाले छोड्ने छैन । राजमार्गका होटलहरुले आफ्नो हविगत तत्काल सुधार गर्नुपर्छ । यातायात ब्यवसायीहरुले उपभोक्ता ठग्ने होटल छोड्ने आँट गर्नसकेमा मात्रै राजमार्गको खानामा सुधार आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *