राजपुरमा निःशुल्क दन्त शिविर

फिचर मुख्य खबर समाज

राजपुर, १ मंसिर ।
राजपुर गाउँपालिका वडा नम्बर ५ मा एकदिने निशुल्क दन्त शिविर भएको छ । वडा कार्यालयको आयोजना र राप्ती डेन्टल केयर प्रालि लमहीको सहयोग र सहकार्यमा एकदिने निःशुल्क दन्त शिविर शनिबार वडा नम्बर ५ जंग्रहवामा भएको हो ।
ग्रामीण भेगमा बसोबास गर्ने विपन्न नागरिकको दाँत र मुखको समस्या अन्त्य गर्नका लागि निःशुल्क शिविरको आयोजना गरिएको हो । शिविरमा २ सय ३५ जनाले सेवा लिएका छन् । वडा नम्बर ५ का अध्यक्ष नरेन्द्रसिंह भण्डारीको अध्यक्षता तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादवको प्रमुख आतिथ्यतामा सञ्चालन भएको शिविरमा उपस्थित सम्पूर्णलाई दाँत, मुखसम्बन्धी विशेष सुझाव र परामर्श दिएर शिविरको उद्घाटन गरिएको हो ।
शनिबार भएको शिविरमा ६५ जनाले दाँत निकालेका थिए भने १ सय ७० जनालाई जाँच र परामर्श दिएर औषधि दिइएको थियो । शिविरमा सहभागी सबैजनालाई टुथपेष्ट, ब्रस वितरण गरिएको थियो । शिविरमा सिनियर दन्तरोग विशेषज्ञ डाक्टरद्वय निरोज खनाल, डाक्टर रोजिना अधिकारी, असिष्टेन्ट लक्ष्मी वलीलगायतको विशेष उपस्थितिमा शिविर सञ्चालन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *