- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरराजपुरमा उद्यमशीलता तालिम सुरु

राजपुरमा उद्यमशीलता तालिम सुरु

- Advertisement -spot_img

लमही, २४ बैशाख ।
देउखुरीको राप्तीपारी रहेको राजपुर गाउँपालिकामा दश दिने उद्यमशीलता तालिम सोमबारदेखि सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजना तथा राजपुर गाउँपालिकाको व्यवस्थापकीय सहयोगमा दश दिने तालिम सोमबारदेखि राजपुरको सालभौरीमा सुरु भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत ओमबहादुर वलीको अध्यक्षता तथा राजपुर गाउँपालिका प्रमुख लोकराज केसीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको तालिममा राजपुर गाउँपालिकाभित्र रहेका विभिन्न वडाका १५ जनाको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै राजपुर गाउँपालिका प्रमुख केसीले नागरिकहरुलाई उद्यमशीलतामा अभिवृद्धि गर्न तालिमले ठूलो भूमिका निर्वाह गर्ने बताएका थिए । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत ओमबहादुर वली, वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्रसिंह भण्डारीलगायतले बोलेका थिए । दश दिनसम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा धु्रव आचार्य र वर्षा थापा रहेका छन् ।
यसैबीच राजपुर गाउँपालिकामा सोमबारदेखि नै एक हप्ते उद्यमी सिर्जना तालिमअन्तर्गत डल्लो साबुन बनाउने तालिम समेत सुरु भएको छ । तालिममा राजपुर गाउँपालिका भित्रका वडा नम्बर १, २ र ३ का दशजना स्थानीयहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा निम प्रसाद श्रेष्ठ रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here