राजनीतिज्ञका राजनीतिक तरङ

सम्पादकीय

नेपालमा अहिले दुई तिहाई बहुमतको सरकार छ । बहुमत सरकारका उच्च व्यक्तिदेखि सभामुखसम्मका घटनाले अहिले नेपालको राजनीतिक तरङ्गित भएको छ । राजनीतिक सरगर्मी पनि यी घटनाले बढाइरहेका छन् । राजनीतिलाई र तरङ्गित बनाउनेहरुमा अधिकांस सत्तासिन र उच्चतहमा रहेको राजनीतिज्ञ व्यक्तिहरु नै छन् ।
महरा काण्डसम्म आउँदासम्म नेपालको राजनीति विभिन्न विषयले धेरै पटक तातिएको छ । कति सकारात्मक रुपमा रहेर राजनीति तातियो भने कति नकारात्मक रुपमा । सत्य र कति असत्यमा राजनीतिले देश तातिने क्रम बढिरहेको छ ।
पछिल्लो पटक प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरासम्म आईपुग्दा त राजनीतिले नै नयाँ रुप लिदैछ । यो नेपाली राजनीति र दुई तिहाई सरकारका लागि त्यति अनुकूल हुन सक्दैन ।
राजनीतिको वजन राजनीतिज्ञले राख्न सक्नुपर्छ । विगतदेखि कै अवस्था हेर्दा राजनीतिज्ञहरुको व्यवहार र गतिविधिले राजनीतिलाई बेला–बेलामा तताउने काम भइरहेको छ । पछिल्लो दुई वर्षको अवधिमा हेर्दा नेताकै कारण देशमा इतिहास बन्ने गतिविधि बुन्नु राम्रो हैन ।
वाइडबडी, बालुवाटार जग्गा हुँदै बोलीले गुमेको मन्त्री पद र अहिले बलात्कार र दुव्र्यहारको विषयले गुमेको समाभुखको पदले पनि नेपाली राजनीति बेला–बेला चर्चामै रहेको देखिन्छ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि सचिवालयकै कर्मचारी महिलाले बलात्कारको आरोप लगाएर अहिले पदच्यूत हुनुपर्ने अवस्था आएको छ ।
केही समय अघि महिलाहरुलाई भाषणमा अपमान गरेकोको भन्दै कानुन मन्त्रीले पदबाट राजीनामा दिनु परेको थियो । यी र यस्ता घटनालाई राजनीतिज्ञले मनन् गरेर आफूलाई सुधार गर्नु आवश्यक छ ।
देशमा राजनीतिज्ञबाट हुने गल्तीहरुले उनीहरुको मात्रै हैन देशकै बेइज्जत हुने गर्छ । अहिलेको घटनाले पनि यो अवस्था ल्याएको छ । कानुन विपरीत कार्य गर्ने जो कोहिले पनि कानुनी कारवाही भोग्नुपर्छ ।
पछिल्लो घटना क्रमले महरा दोषी देखिए पनि कारवाहीको दायरामा आउनु नै पर्छ । विना गल्ती दोष देखाइएको हो भने पनि आरोप लगाउनेलाई हदैसम्मको कारवाही हुनु जरुरी छ । नेपाल गतल क्रियाकलाप र घटनाले हैन राम्रा काम र नयाँ योजनाले राजनीतिज्ञहरु लागेर विश्वभर सकारात्मक तरङ ल्याउन सकून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *