राजनीतिक हस्तक्षेप बढेपछि अध्यक्षले दिए राजीनामा

मुख्य खबर राजनीति

तुलसीपुर,४ भदौ । अमर माध्यमिक बिद्यालय उरहरी दाङको विद्यालय व्यवस्थापन समितिमा राजनीतिक हस्तक्षेप भएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद आचार्यले पदबाट राजीनामा दिएको बताएका छन् ।
नेकपा निकट सदस्यहरुले अध्यक्षलगायत वडा अध्यक्षलाई समेत वाइपास गरेर राजनीतिक हस्तक्षप गरी बहुमतको आधारमा पेलेर जान थालेपछि आफूलाई पदमा बसिरहनुको औचित्य समाप्त भएकाले राजीनामा दिएको पत्रकार सम्मेलन गरेका जनाएका छन् । विद्यालयको हितका लागि सबै एक भएर काम गर्ने सर्त र सहमति विव्यवस गठनको बेला भएको भएपनि अहिले आएर बहुमतको आधारमा गलत र औचित्यहीन निर्णयहरु हुन थालेपछि आफू बाहिरिनु परेको आचार्यले बताए । २०७३ मंसिर ६ गते सर्वदलीय सहमतिमा गठन गरिएको विद्यालय व्यवस्थापन समितिमा विद्यालयका जग्गादाता परिवारका आचार्य, अध्यक्ष पदमा निर्वाचित भएका थिए । ३५ वर्ष सोही विद्यालयमा अध्यापन गराएका आचार्यमाथि तत्कालीन नेकपा एमालेबाट समितिको सदस्य पदमा चयन भएका टेकबहादुर केसीको अगुवामा बहुमत सदस्यको दम्भमा राजनीतिक हस्तक्षेप बढाएपछि आफूले अध्यक्ष पदबाट राजीनामा दिनुपरेको पत्रकार सममेलनमा जानकारी दिए । विद्यालय व्यवस्थापन समिति गठन हुँदाका बखत भएको दलीय सहमतिलाई समेत केसीको अगुवाईमा तोडिएको उनको आरोप छ । कुनै मानक (नर्मस) तय नगरी व्यक्ति पिच्छे फरक–फरक ढंगले विद्यालयको आयश्रोतलाई नै नहेरी निजी श्रोतका शिक्षक तथा कर्मचारीको तलव वृद्धि गरी विद्यालयको आर्थिक भार पर्ने गरी केही निर्णयहरु भएको समेत उनले सार्वजनिक गरे । बहुमत सदस्यको दम्भका अध्यक्षसँग समन्वय नगरी समितिको बैठकसमेत डाकिने गरेको र निर्णय हुने गरेको उनले बताए । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको निर्देशनमा बैठक बोलाउनुपर्नेमा थाहा नै नदिई विद्यालय व्यवस्थापन समितिको बैठक बोलाई विभिन्न निर्णय गरिएको, समितिको अध्यक्षलाई जानकारी नै नगराई थप सहायक कर्मचारीलाई विद्यालयमा हाजिर गराएको उनले पत्रकार सम्मेलनमा आरोप लगाएका छन् । मापदण्डविना केही शिक्षकहरुको अनुहार हेरेर सेवा सुविधासमेत बढाएको उनले बताए । दश जोड दुई सञ्चालन गर्दा सहयोगदाताको विद्यालयको शिलालेखमा नाम उल्लेख भएकामध्ये केही सहयोगदाताले हालसम्म पनि सहयोग रकम नदिएको र केही सहयोगदाताले दिएको रकम आफूले लिई विद्यालयमा जम्मा नगरेको ब्यक्तिहरुको नामावलीसमेत लेखापरीक्षण प्रतिवेदनमा धेरै बर्षदेखि देखाई रहेको हुँदा सो असुल उपर गर्न प्रक्रिया अगाडि बढाउन विभिन्न बहाना बनाई आनाकानी गरिएको अध्यक्ष आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै महायज्ञबाट उठेको रकम केही ब्यक्तिको जिम्मा रहेको लेखापरीक्षण प्रतिवेदनमा देखाउँदा सो असुल उपर गर्न कुनै ध्यान नदिएको, विद्यालयको स्वर्णजयन्ती तोकिएको मितिमा हुन नदिएको, बैठकको मर्यादा विपरीत सुनियोजित रुपमा अभद्र ब्यवहारहरु गर्ने गरेको वितरीत विज्ञप्तिमा उल्लेख गरिएको छ । बहुमतको दम्म देखाई विद्यालयको हित विपरीत बल मिच्चाई गरी मनपरी तरिकाले एकलौटी रुपमा निर्णयहरु गर्ने गरेको हुँदा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हैसियतले टुलुटुलु हेरी साक्षी भई पदमा बसी रहन उपयुक्त नभएकोले सोमबार भदौ ४ गतेको मितिले लागू हुने गरी पदमा राजीनामा दिएको छु उनले भने । राजीनामा तुलसीपुर उपमहानगरपालिकाको शिक्षा शाखा र विद्यालयमा उपलब्ध गराइएको बताए । आचार्यले विभिन्न बहानामा विद्यालयमा हुने राजनीतिक हस्तक्षेप रोक्नुपर्ने र शिक्षालाई राजनीतिमुक्त गराउनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *