- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरराजनीतिक समस्याको हल भएको छैन्ः मैनाली

राजनीतिक समस्याको हल भएको छैन्ः मैनाली

- Advertisement -spot_img

घोराही, १७ भदौ । नेकपा मालेका महासचिव सिपी मैनालीले राजनीतिक समस्याको हल अझै भई नसकेको बताएका छन् । जनताले अझै पनि स्थिर सरकारको महसुस नगरेकाले राजनीतिक समस्याको हल नभईसकेको बताएका हुन् ।
‘कम्युनिष्ट सरकार हुँदैमा सबै राजनीतिक समस्या हल भयो भन्ने हँुदैन्’ पत्रकारसँग भेटघाट कार्यक्रममा महासचिव मैनालीले भने ‘त्यो समस्याको हल अझै भएको छैन्, झन जटिल अवस्थामा छ ।’ नेकपा कम्युनिष्ट अध्यक्ष्य तथा प्रधानमन्त्री केपी ओलीले सबै कम्युनिष्टहरुलाई मिलाएर लैजान सक्थे तर त्यसो नगरेको उनले आरोप लगाए ।
कम्युनिष्ट सरकारले नेपालमा झनै संकट निम्त्याउन सक्ने नेपालमा झनै संकट निम्त्याउन सक्ने आरोप लगाए । ‘सबै कम्युनिष्टहरुलाई एक गराउन सकिरहेको छैन्’ उनले भने ‘हामी माले पनि एकीकरण हुन पक्षमा थियो, धेरै छलफल पनि गरियो तर वास्ता गरिएन् ।’ देशका साना कम्युनिष्टहरुलाई मिलाउन नसक्नु, एकीकरण गर्न नसक्नु नै कम्युनिष्ट सरकारको कमजोर पक्ष भएको बताए । ‘दुई तिहाई बहुमतको सरकार छ, जनताले अझै स्थिर सरकारको महशुस अनुभव गर्न पाएका छैनन्’ उनले भने मुलक संकटतर्फ गईरहेको छ ।’ नेकपाका अध्यक्षहरुले नेपाली मन नभएर विदेशी मनहरुको आदेशमा कम्युनिष्ट गरेको समेत आरोप लगाए । ‘नेपाली मनले एकीकरण गरेको भए अहिले सबै कम्युनिष्टहरु एक हुने थिए, उनले भने ‘दुईवटा पार्टीको टाउको मात्रै एकीकरण भएको छ, अरु कम्युनिष्टसँग छलफल गर्न पनि महसुस भएन् ।’ भारत र चीनको तानातानले नेपालको राष्ट्रियता झनै खतरामा भएको बताए । ‘चीन र भारतले तानातान गरिरहेको छ, सरकारको कुटनीतिक पक्ष पनि सन्तोषजनक छैन्’ उनले भने ‘यस्तो प्रवृत्तिले स्थिर सरकारमा समेत खतरा हुने सम्भावना छ ।’ सरकारले गरेको प्रवृत्ति तथा गरेका कामहरुमा कोही पनि सन्तोषजनक नभएको बताए । ‘सरकारले गर्ने काम आफ्नो जनताको लागि हो’ उनले भने ‘तपाईलाई थाहै छ, सरकार कति आलोचनात्मक भईसकेको छ, यस्तो अवस्थामा स्थिर सरकार हुन्छ भन्नेमा ढुक्क छैन् ।’ सरकार प्रवृतिहरु देखेर जनता पनि स्थिर सरकार हुन्छ भन्नेमा ढुक्क नभएको उनले दाबी गरे । ‘जनतालाई गणतन्त्रको महसुस हुने काम सरकारले गर्न सकिरहेको छैन्’ उनले भने ‘तानाशाही प्रवृत्ति चलाईरहेको सरकारले सर्वोच्चलाई हातमा लिन खोज्नु कति जायज हो ?’ निर्वाचन र पार्टी एकीकरण गरिएका प्रतिवद्धता र घोषणाहरु विपरीत काम भईरहेको उनले बताए । दुई तिहाई सरकार भएर मात्रै हँुदैन् जनताको हितमा काम गरेमात्र सरकार टिक्ने उनले बताए । ‘निर्वाचनको समयमा पनि नेकपाका अध्यक्ष वलीसँग पटक–पटक सहकार्यको वार्ता गरिरहदा पनि कुनै वास्ता नगरेकोप्रति दुःख व्यक्त गरे । जनताको अधिकारको लागि नेकपा मालेले कुनै कम्प्रोमाईज नगरेको स्पष्ट पारे । एक महिने अभियान पार्टी कार्यकर्ताहरुसँग भेटघाटको क्रममा दाङ आईपुगेका महासचिव मैनालीले पार्टीको नीति नियम ठिक हुँदाहुँदै पनि जनतालाई बुझाउन अझै पनि नसकेको बताए । ‘हाम्रो आफ्नो सकृयता कमजोर भएको हो’ उनले भने ‘हामीले आफ्नो कमजोरी चिन्न सकेनौँ ।’ भदौ १५ देखि असोज १५ गतेसम्म अभियानमा रहेको उनले जानकारी गराए । पत्रकार भेटघाटको सहजीकरण नेकपा मालेका जिल्ला सचिव नेत्र पाण्डेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here