- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरराजनीतिक दल विभाजित, प्रतिष्ठानमा सकस ...

राजनीतिक दल विभाजित, प्रतिष्ठानमा सकस …

- Advertisement -spot_img

घोराही, १४ भदौ । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा विभिन्न विरोधका कार्यक्रमहरु हुँदै आईरहेका छन् । प्रतिष्ठान स्थापना गर्नुपर्छ भन्ने एकमत भएका यहाँका राजनीतिक दलहरु अहिले आन्दोलनमा विभाजित भएका छन् ।
कोही विरोध जनाईरहेका छन् भने कोही समर्थनतर्फ लागिरहेका छन् । नागरिक समाजका पदाधिकारीहरु कोही विरोधमा समर्थन गर्दै प्रतिष्ठानमा ताला लगाउनसमेत पुगेका छन् भने कोही पदाधिकारी भने मौन जस्तै छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने समयमा गठन गरिएको प्रतिष्ठान सरोकार समितिको कुनै भूमिका देखिएको छैन । यहाँका सरोकारवालाहरु प्नि मौन छन् । तर पछिल्लो समयमा गठन भएको प्रतिष्ठान बचाउ अभियानले उग्ररुपमा विरोध गर्दै आएको छ ।
अभियानले प्रतिष्ठान बचाउन वा हटाउन विरोध गरेको हो त्यो अन्यौलमै छ । प्रतिष्ठान बचाउ अभियानको नाममा उपकुलपतिको राजीनामा माग्ने, र रजिष्टार रामप्रसाद प्याकुरेललाई कार्यकक्षमा नै हातपात गरेर हुत्याएको छ ।
त्यहाँ खटिएका प्रहरीलाई समेत दमन गरि प्रतिष्ठानमा ताला लगाउने काम भयो । त्यसको अर्को दिन विभिन्न कलेजमा अध्यनरत विद्यार्थीहरुलाई पढ्दा पढ्दै नै कलेज पोशाकमा लगेर नारा जुलुस लगाइयो ।
यसरी प्रतिष्ठान बचाउ अभियानमा नाममा भएका ज्यादतीको देखेर विभिन्न संघसंस्थाहरुले नकारात्मक रुपमा लिएका छन् । प्रतिष्ठान वचाउ अभियानका नाममा भएको विरोध शैली ठिक नभएको उनीहरुले बताएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले रजिष्टारमाथि भएको हातपातको विरुद्धमा किटानी जारी समेत दिएको छ । तर प्रहरीले कुनै कारवाही गरेको छैन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानले जनाएको विरोध कार्यक्रमको शैली ठिक नभएको भन्दै खेद प्रकटसमेत गरेका छन् । यसैक्रममा नेपाल तरुण दाङले विरोध ¥यालीसमेत गरेको छ ।
प्रतिष्ठान बचाउ अभियानको नाममा राजनीति भएको भन्दै र प्रतिष्ठानका रजिष्टार प्याकुरेलमाथि हातपात गर्नेहरुको कारवाहीको माग गर्दै विरोध ¥याली गरेको हो ।
दोषीलाई कारवाही गर, स्वास्थ्य संस्थामाथि हस्तक्षेप गर्न पाईदैन, दलीय पत्रकारहरुको हस्तक्षेप बन्द गर भन्दै घोराही बजार परिक्रमा गरि तुलसीपुर चोकमा कोण सभा गरेका थिए ।

प्रतिष्ठान स्थापना गर्नुपर्छ भन्ने एकमत भएका यहाँका राजनीतिक दलहरु अहिले आन्दोलनमा विभाजित भएका छन् । कोही विरोध जनाईरहेका छन् भने कोही समर्थनतर्फ लागिरहेका छन् ।

सहभागीहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टारमाथि हातपात गर्नेहरुलाई छानबिन गरेर कारवाही गर्न माग गरेका छन् । प्रतिष्ठानको अभिभावकको रुपमा गठन भएका प्रतिष्ठान बचाउ अभियानले प्रतिष्ठानको रजिष्टारमाथि बल प्रयोग गरेर लछार पछार वनाएर घाईते वनाईनु र प्रतिष्ठानमा आफै गएर ताला लगाउनु काम लज्जास्पद भएको बताएका थिए ।
दोषीलाई कारवाही नभएमा र प्रतिष्ठानमा अवरोध पु¥याउनेहरुको विरुद्धमा सशक्त विरोधका कार्यक्रमहरु गर्दै जानेसमेत चेतावनी दिएका थिए । सभामा नेपाल विद्यार्थी संघका जिल्ला सभापति राजकुमार डाँगी,
नेपाल महिला संघकी जिल्ला अध्यक्ष गोमा रावत, नेपाल विद्यार्थी संघ क्षेत्र नं ३ का सभापति तिलक रावतलगायतले सम्बोधन गरेका थिए । तरुण दल दाङका अध्यक्ष टिका घर्तीको नेतृत्वमा विरोध ¥याली तथा कोण सभा भएको थियो । सभाको सहजिकरण सचिव धु्रव आचार्यले गरेका थिए ।
यसैबीच नेपाली कांग्रेस दाङले पनि प्रतिष्ठान बचाउ अभियानको नाममा गठन भएको अभियानले रजिष्टारमाथि भएको ज्यादतीप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
कांग्रेसका सभापति कीर्तिबहादुर खड्का र सचिव शंकरप्रसाद डाँगीले विज्ञप्ति जारी गरेर प्रतिष्ठानलाई आवश्यक पर्ने बजेट, नदिने, दिनु हुँदैन भनेर प्रतिष्ठान सिनेटमा र संसदमा भाषण गर्ने, स्थानीयस्तरमा काम गर्न नदिन विभिन्न बहानामा नियोजितरुपमा आन्दोलन उठाउने,
प्रतिष्ठानले काम गर्ने सकेन भनेर राजीनामा माग गरेर प्रतिष्ठानलाई धरासायी बनाउन सरकार संरक्षित खेल भएको हुँदा यस कार्यको विरोध गर्न सबैमा आह्वानसमेत गरेका छन् ।
साथै प्रतिष्ठान बचाउ अभियानका नाममा नेपाली कांग्रेसका कुनै पनि भातृ संगठन, शुभेच्छुक संस्थामा प्रतिनिधिहरुको बिमति रहेको जनाउँदै त्यसमा नलाग्न आम नेपाली कांग्रेस सम्वद्ध कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएको छ ।
त्यसैगरी प्रतिष्ठान बचाउ अभियनले गरेको ज्यादती र रजिष्टारमाथि भएको हातपातको नेपाल दरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघले पनि विरोध जनाएका छन् । उनीहरुको विज्ञप्ति जारी गरेर प्रतिष्ठानमाथि राजनीति नगर्न र हस्तक्षेप रोक्न अनुरोधसमेत गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति दाङले प्रतिष्ठानका रजिष्ट्रारमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेको छ । कानुनलाई हातमा लिने खोज्ने प्रवृतिप्रति राप्रपाले गम्भीर आपत्ति जनाएको छ ।
प्रतिष्ठानलाई काम गर्ने वातावरण बनाउनुको सट्टा प्रतिष्ठान बचाउ अभियानको नाम अराजक गतिविधिप्रति कानुनी राज्यको उपहास भएको राप्रपाको ठहर छ ।
प्रतिष्ठान बचाउको नाममा भइरहेको आन्दोलनमा कुनैपनि प्रकारले सहभागी नहुन सबै कार्यकर्ता, भातृ संस्था र शुभेच्छुक संस्थामा आग्रह पनि गरेको छ ।
यस्तै राष्ट्रिय जनमोर्चा दाङले पनि रजिष्टारमाथिको हातपातको घटनाको कडा निन्दा गरेको छ । जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले विज्ञप्ति प्रकाशन गर्दै घटनाको विरोध गरेका छन् ।
‘शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील विषयमा राजनैतिक इगो र ब्यक्तिगत आकाङ्क्षा राख्दा प्रतिष्ठानको काम तदारुकताका साथ अघि बढ्न नसक्नु, प्रभावकारी सेवा सुविधाको लागि गम्भीर बन्न नसकेको भन्दै सम्बन्धित सबैसँग गम्भीर बन्न विज्ञप्तिमा आग्रह गरिएको छ ।
नेकपा दाङका अध्यक्ष टिकाराम खड्काले प्रतिष्ठान बचाउ अभियान पार्टीको नभएर नागरिकको विरोध भएको बताएका छन् । अभियानले गर्दै आएको विरोध कार्यक्रमको पार्टीको कुनै पनि संलग्न नभएको बताएका छन् ।
‘विरोध कार्यक्रममा पार्टीको कुनै संलग्न छैन, यो नागरिकको विरोधको रुपमा हामीले बुझेका छौँ’ नेकपाका अध्यक्ष खड्काले भने ‘हाम्रो समर्थन भने छ, किन भने प्रतिष्ठानका काम कारवाही सुध्रियोस भन्ने हाम्रो पनि चाहना हो ।’
तर प्रतिष्ठानकी उपकुपति डा भण्डारीको राजीनामा माग नगरेको उनको भनाई छ । ‘शिक्षित महिला आएर प्रतिष्ठान चलाउन भएको छ, यो हाम्रो लागि गौरवको कुरा, हामीले साथ दिएका छौँ, दिदै आएका छाँै र दिन्छौ’ उनले भने
‘उपकुलपतिले यहाँको राजनीतिक दल, नागरिक समाज र सरोकारवाहरुसंग समन्वयमा उहाँको कमजोरी देखिएको छ हाम्रो विमती पनि यहीमा हो ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here