- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरदंगालीको प्रस्ताव ... राजधानी दाङ, नाम लुम्बिनी

दंगालीको प्रस्ताव … राजधानी दाङ, नाम लुम्बिनी

- Advertisement -spot_img

दाङ, १५ फागुन ।
दाङबासीले प्रदेश नं ५को स्थायी राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी हुनुपर्ने सुझाव दिएका छन् । नामाकरण र स्थायी राजधानीको लागि सुझाव संकलनमा दाङ आएको टोलीले दाङमा गरेको अन्तरक्रियामा यस्तो सुझाव दिइएको हो । समितिले जिल्लाको तुलसीपुर क्षेत्र र घोराही क्षेत्रबाट सरोकारवालाहरुसँग संसदीय विशेष समितिले सुझाव लिएको हो ।
समितिलाई सुझाव दिदै दंगालीहरुले प्रदेश नं. ५ को स्थायी राजधानी दाङ र प्रदेशको नाममा लुम्बिनी वा स्वर्गद्वारी राख्नुपर्ने सुझाव दिए । दाङमा स्थायी राजधानी बनाउनको लागि उपयुक्त भएको वताउदै प्रादेशिक राजधानीको माग गरेका हुन् । स्थायी राजधानी दाङ नतोकिएमा कडा आन्दोलन गर्नेसमेत चेतावनी दिएका थिए । सुरक्षाको दृष्टिकोणले छिमेकी मित्रराष्ट्र भारतको सीमादेखि टाढा रहि चुरे पहाडले घेरेर पर्खालको काम गरिरहेकाले दाङ उपयुक्त भएकाले स्थायी राजधानी दाङमै बनाउन तोक्न सुझाव दिएका थिए ।
संवाद समूह प्रदेश नं. ५ सचिवालयको आयोजनामा तुलसीपुरमा र संसदीय समितिको आयोजनामा घोराहीमा सुझाव संकलन तथा अन्तरक्रिया गरिएको छ । सुझाव संकलन कार्यक्रममा सहभागी जिल्लाका सरोकारवालाहरुले सबैले प्रदेश नं. ५ को केन्द्र दाङ नै भएको भन्दै दाङ सबै हिसावले राजधानी उपयुक्त रहेको बताएका थिए । उनीहरुले केन्द्रकै राजधानी बन्न लायक स्थान भएको हुँदा प्रदेशको राजधानी बन्ने आधार खोज्नै नपर्ने समेत उल्लेख गरेका थिए ।
नेकपा नेता टिकाराम खड्काले स्थायी राजधानी तोक्नको लागि बलियो आधार भएकाले प्रदेशसभा सदस्यहरुले एकपटक पुनः विचार गर्नुपर्ने बताए । अस्थायी राजधानी बुटवल भएपनि जनताको पहँुच र मागलाई मध्यनजर गर्ने हो भने दाङ नै सबै जिल्लाको केन्द्रविन्दु हुने बताए ।
नेपाली काँग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्काले समतामूलक र सामाजिक न्यायको लागि दाङलाई प्रदेशको राजधानी बनाउन सुझाव दिए । दाङबासीको सुझावलाई मनन् गरेर स्थायी राजधानी तोक्न कन्जुस्याइँ नगर्न आग्रह गरे । ‘सुझाव संकलन गरेर एउटा कोठामा थन्काउने काम नहोस् ।’ ‘आफुखुशी नामाकरण र स्थायी राजधानी तोक्ने हो भने, यो सुझाव संकलनको औचित्य हुँदैन् ।’
दाङलाई प्रदेशको स्थायी राजधानी बनाउनु पर्ने बताए । तुलसीपुर उपमहानगरका नगरप्रमुख घनश्याम पाण्डेले दाङमा रहेका वारपार क्षेत्रहरुलाई समेटन्को लागि राजधानी बनाउनुपर्ने सुझाव दिए । प्रदेशस्तरीय प्रहरी प्रमुखको कार्यालय, उच्च अदालतलगायत प्रदेश प्रतिनिधित्व गर्ने कार्यालयहरु स्थापना भईसकेकाले दाङ पूर्वाधारको लागि पनि उपयुक्त भएको बताए । राजधानीको लागि आधारभूत पूर्वाधारहरु पनि दाङमा प्रशस्त छ’ उनले भने ‘१२ हजार सहिदहरुको सम्मानको लागि पनि एकपटक सोच्नुपर्छ ।’

समितिलाई सुझाव दिदै दंगालीहरुले प्रदेश नं. ५ को स्थायी राजधानी दाङ र प्रदेशको नाममा लुम्बिनी वा स्वर्गद्वारी राख्नुपर्ने सुझाव दिए । दाङमा स्थायी राजधानी बनाउनको लागि उपयुक्त भएको वताउदै प्रादेशिक राजधानीको माग गरेका हुन् ।

संघीयताको मर्मलाई बुझ्ने हो र सबै प्रदेशबासीको सुविधाका लागि राजधानी तोकिने हो भने दाङको विकल्प छैन् ब्यवसायी जनकप्रसाद खरालले भने, दाङको उपयुक्तता अन्य स्थानसँग दाँज्न सकिदैन । भौगोलिक, वातावरणीय, सामाजिक हिसाबले र चीन र भारतसम्मको समान पहुँच पनि दाङसँग भएकाले राजधानी दाङ नै हुनु उपयुक्त हुन्छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले दाङ स्थायी राजधानी बनाएमा मात्रै ५ नम्बर प्रदेशबासीहरुलाई न्याय हुने बताए । स्थायी राजधानीको लागि भौतिक पूर्वाधार, खानेपानीको सुविधा, स्थल यातायातको सुविधा, हवाई यातायातको सुविधा, प्रदेशका राजनीतिक र प्रशासनिक निकायहरु व्यवस्थित गर्न सकिने क्षमता रहेकाले स्थायी राजधानी दाङ नै बनाउन सुझाव दिएका थिए ।
त्यसैगरी प्रदेशको राजधानीमा प्रदेशभित्रका जनताको सहज पहुँच, विकास र विस्तारको सम्भावना, शान्ति सुरक्षाको दृष्टीकोणले उपयुक्त, प्राकृतिक प्रकोप र वातावरण उपयुक्त भएका कारण स्थायी राजधानी बनाउन सक्ने सम्भावना रहेको उनको तर्क थियो । ‘५ नम्वर प्रदेका १२ जिल्लामध्य पूर्वि सीमाना नवलपरासी र पश्चिमी सीमाना बर्दिया जिल्ला बीचमा दाङ देउखुरी जिल्ला पर्छ’ छलफलमा सुझाव दिदै उनले भने ‘यसले आन्तरिक तथा वाह्य शान्ति अमनचयन कायम राख्न सरल तथा सहज हुन्छ ।
सबै दृष्टीकोणले दाङ स्थायी राजधानीको लागि उपयुक्त भएकाले दाङलाई नै तोक्न सुझाव दिएका थिए । प्रमुख जिल्ला अधिकारीले गोविन्द रिजालले स्थायी राजधानीको लागि पूर्वाधाहरm जग्गा विवादित छ कि छैन् र शान्ति सुरक्षाको विषयलाई ध्यान दिन सुझाव दिएका थिए । राजधानी स्थापना गर्दा सुरक्षा चुनौतिलाई ख्याल गर्न सुझाव दिदै उनले सहमति र सहकार्यलाई जोड दिएका थिए ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले दाङबासीले दिएको सुझावलाई विशेष ध्यानाषर्कण गर्न सुझाव संकलन टोलीलाई अनुरोध गरेका थिए । सबै जिल्लालाई समेट्ने दाङ नै हुँदा यसको विकल्प नभएको बताएका थिए । स्थानीय झरेन्द्र खरेलले आवश्यकताको आधारमा दाङ राजधानी उपयुक्त भएको र नाम लुम्बिनी प्रदेश राखिनुपर्ने बताए । सामाजिक न्यायको सिद्धान्तको आधारमा दाङ राजधानी हुनैपर्ने उनले बताए ।
स्थानीय शिक्षक विष्णुप्रसाद आचार्यले सामाजिक न्यायका सिद्धान्तका आधारमा ५ नम्बर प्रदेशको स्थायी राजधानी दाङ नै हुनुपर्ने माग गरे । ‘भौगोलिक तथा वातावरणीय दृष्टिकोणले यो अत्यन्तै उपयुक्त स्थान हो’, आचार्यले भने ‘राजनीतिक इमानदारिता देखाउन सक्ने हो भने दाङ नै राजधानी हुनुपर्ने पर्छ हैन भने जता कुनामा राखे पनि भयो । ‘बलको आधारमा र राजनीतिक पहुँचको आधारमा राजधानी तोके संघीयता सफल हुन मुस्किल पर्न सक्छ ।’
दाङको राप्ती राजमार्गले दक्षिणमा भारत र उत्तरमा चीन छुने भएको हुँदा पनि दाङ राजधानी बनाउन आवश्यक रहेको उनले तर्क प्रस्तुत गरे । संघीयताको मर्म कायम राख्ने हो भने दाङनै राजधानी हुनुपर्ने ठाकुर रोकाले तर्क गरे । थारु कल्याणकारीका केन्द्रीय सदस्य चूर्णबहादुर चौधरीले इञ्चले नापेपनि दाङ १२ वटै जिल्लाको बीच भागमा पर्ने, दक्षिण एसियाकै ठूलो उपत्यका भएको र हुँदा प्रसस्त जग्गासमेत रहेको जिल्ला भएकाले राजधानी दाङमै हुनुपर्ने बताए ।
उनले राजधानी छिमेकी देशको सीमानामा नभई सुरक्षित स्थानमा रहनुपर्ने र त्यो दाङनै भएको बताए । गरीबी निवारण कोषका पूर्व कार्यकारी निर्देशक नहकुल केसीले संघीयताको मर्म अनुसार जनतालाई नजिकबाट सेवा दिने हो भने दाङ नै प्रदेशको स्थायी राजधानी हुनुपर्ने दाबी गरे । ‘यदि दाङ राजधानी बन्दैन भने केही चुनौती रहेपनि आठौं प्रदेशको लागि तयारी गर्नुपर्छ,’ केसीले भने ।
पत्रकार गणेश आचार्यले प्रदेशको राजधानी दाङ नै बन्नुपर्ने र यदि दाङ राजधानी बन्ने हैन भने दाङ, बाँके, बर्दियालाई कर्णाली प्रदेशमा र पूर्वी रुकुमलाई गण्डकी प्रदेशमा गाभ्नुपर्ने सुझाव दिए । उनले अनि मात्रै अहिले राजधानी भइरहेको क्षेत्र उपयुक्त देखिन्छ । दाङ दक्षिण एरियाकै दोस्रो ठूलो उपत्यका भएको, हावापानी, सुरक्षा, सुविधा, यातायात, प्राकृतिक, सामाजिक हिसावले पनि उपयुक्त स्थान भएको हुँदा राजधानी दाङ नै हुनुपर्ने मत जाहेर गरेका थिए ।
कतिपयले भने प्रदेशको नाम स्वर्गद्वारी र बुद्ध भूमिसमेत राख्न सकिने सुझाएका थिए । दाङमा सुझाव संकलन गर्नको लागि प्रदेशसभा विशेष समितिका सदस्यहरु नारायणप्रसाद शर्मा, कल्पना पाण्डे, निर्मला क्षेत्री सुझाव संकलनको लागि आएका थिए । उनीहरुले प्रदेशसभाले पहिले नै प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्नु पर्ने भएपनि विविध कारणले ढिला भएको बताएका थिए ।
प्रदेशको अन्य काममा अलमल भएको स्पष्ट पारेका थिए । तीन सयजनाको हाराहारीमा लिखित रुपमा सुझाव दिएका थिए । घोराहीमा जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा सुझाव संकलन तथा छलफल कार्यक्रम भएको थियो । भने तुलसीपुरमा रामजी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here