- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरराउटेलाई विद्यार्थीको सहयोग

राउटेलाई विद्यार्थीको सहयोग

- Advertisement -spot_img

तुलसीपुर, ४ चैत । तुलसीपुरमा रहेको ज्ञानदीप कलेज विसिए कार्यक्रमअन्तर्गत पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले पैसा संकलन गरेर सामाजिक काममा लगाएका छन् । चामलको अभावमा भौकै रहन बाध्य राउटे समुदायलाई सहयोग गर्नका लागि उनीहरु दाङदेखि चामल बोकेर सुर्खेतको विकट गाउँसम्म पुगेका हुन् ।
विद्यार्थीहरुले लगेको चामल टेम्पोबाट झार्ने बित्तिकै राउटेहरुले आफ्नै लागि चामल ल्याएको भन्ने बुझिहाले । मध्यान्हको समयमा टेन्ट मुनि बसिरहेका उनीहरुले घेरा हाले । चामलको अभावमा धेरै दिनदेखि आधा पेट खान बाध्य उनीहरुले चामल लिएर आएका विद्यार्थीहरुलाई मिठो मुस्कानसहित स्वागत पनि गरे ।
साना बालबालिकाहरुले आफ्नै भाषामा हात जोडिरहेका थिए । ‘केही नपाएर भोकै बसेका थियौँ, बल्ल खान पाइने भो’ राउटे सूर्यनारायण शाहीले खुसी व्यक्त गरे । उनले दुई दिन अगाडि मात्रै बस्ती सारेकाले खानाको अभाव भएको बताए । ‘तपाईहरुले चामल ल्याएर हामीलाई बालबच्चा खुसी हुने भए’ उनले भने ।
तुलसीपुरमा रहेको ज्ञानदीप कलेज विसिए पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले उनीहरुका लागि सहयोग बोकेर उनीहरुकै ठाउँमा गएका थिए । ‘राउटेहरुले खान नपाएको समाचार थाहा पाएर सहयोग ल्याएका हौँ’ विद्यार्थी साया महर्जनले भनिन् ।
उनले राउटेहरुको जीवनशैलीका बारेमा पनि थाहा पाउनका लागि त्यहाँ पुगेको जानकारी दिइन् । विद्यार्थीहरु लेकबेशी नगरपालिका वडा नम्बर १ जहरे सुर्खेतमा राउटेहरु बसेकै ठाउँमा पुगेर सहयोग गरेका हुन् । उनीहरुले पैसा उठाएर सामूहिक रुपमा १० क्विन्टल चामल सहयोग गरेको विद्यार्थी प्रवेश बस्नेतले बताए ।
‘समाजप्रतिको हाम्रो दायित्व पूरा गर्नका लागि हामीले सहयोग गरेका छौं’ बस्नेतले भने । खान नपाएकाहरुलाई केही भए पनि राहत दिन पाउँदा खुशी भएको बन्दना वलीले बताइन् । समाजशास्त्र विषयअन्तर्गत कलेजले विद्यार्थीहरुलाई हरेक सेमेस्टरमा सामाजिक कामहरुमा अग्रसर गराउने कलेजका मानविकी सङ्काय संयोजक शरद गौतमले बताए ।
किताबका कुरा मात्रैभन्दा पनि विद्यार्थीहरुलाई फिल्ड मै गएर अध्ययन गराउनका लागि कलेजले नियमित रुपमा कार्यक्रमहरु सञ्चालन गरिरहेको समेत बताए । ‘विद्यार्थीहरुले किताबमा पढेर मात्रै समाजका बारेमा बुझ्न सक्दैनन् त्यसका लागि ठाउँमै पनि पुग्नु पर्दछ’ गौतमले भने ।
राउटे बस्तीमा पुगेर विद्यार्थीहरुले सामाजिक सचेतना कार्यक्रमसमेत गरेका थिए । उनीहरुले कसरी सफा रहने र शिक्षाको महङ्खव के छ ? भन्ने बारेमा जानकारीसमेत दिएका थिए । शिक्षक बसन्त आचार्यले राउटेको साँस्कृतिक पक्षका बारेमा चर्चा गरेका थिए । ‘राउँटे फरक संस्कृति बोकेको समुदाय हो यसलाई आवश्यक सुधार गरेर जोगाइ राख्नुपर्दछ’ आचार्यले भने । राउटेहरुले विद्यार्थीहरुलाई सहयोगप्रति धन्यवाद दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here