तुलसीपुर, ७ भदौ । साझा पार्टीका संयोजक मिश्र दाङमा आएका छन् । तुलसीपुरमा सचेतिकरण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्न रविन्द्र मिश्र दाङमा आएका हुन् । पार्टीले वर्तमान मुलुकको वर्तमान राजनैतिक, सामाजिक तथा अन्य अवस्थाका विषयमा छलफल गर्न लागेको हो ।
साझा पार्टीले तुलसीपुरमा रहेको वेष्टर्न पार्टी प्यालेसमा छलफल तथा अभिमुखीकरण कार्यक्रमको तयारी गरेको छ । पहिलो पटक दाङमा गर्न लागेको कार्यक्रममा सम्पूर्ण नेता तथा कार्यकर्तालाई उपस्थित हुन आग्रहसमेत गरेको छ ।
पार्टीका संयोजक मिश्रको उपस्थितिमा हुने कार्यक्रमले देशको समग्र वर्तमान अवस्थाका विषयमा छलफल तथा अभिमुखीकरण गर्ने भएको साझा पार्टी जिल्ला संगठन विभाग प्रमुख विनोद न्यौपानेले जानकारी दिए । पार्टीका संयोजक मिश्रसँग बिहान ८ बजे पत्रकार सम्मेलन गर्न लागेको प्रमुख न्यौपानेले जानकारी दिए ।