Thursday, March 28, 2024
Homeफिचररमझम तिहार

रमझम तिहार

- Advertisement -spot_img

तुलसीपुर, ११ कार्तिक ।
जताततै तिहारको रमझम छ । घरआँगन, गाउँ, सहर–बजार यत्रतत्र तिहार ढपक्कै छ । दसँै सकिए लगत्तै गाउँ, सहरमा तिहारको रौनकता बढिरहेको थियो । तिहार सुरू हुँदै गर्दा त्यो पूर्णता भएको छ । हिन्दू नेपालीहरूले दोस्रो ठूलो चाडका रूपमा मनाउने तिहार अहिले बजारमा सामान किनबेच गर्नेहरूको भिड बाक्लिदै गएको छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको ठूलो चाड तिहार (यमपञ्चक) शनिबारदेखि सुरू भएको हो । तिहार सुरू भएलगत्तै मुख्य व्यापारिक केन्द्रहरू अहिले भरिभराउ छन् । आफू अनुकूलको सामग्री किन्न नागरिकहरूको बजार क्षेत्रमा घुइँचो नै छ । तुलसीपुर, घोराही, लमही, भालुवाङ र स्थानीय बजारहरू अहिले तिहारले ढाकेको छ । सामान र सेवाग्राहीले भरिभराउ छ । तुलसीपुर बजारका मुख्य चोकहरूमा सामान किनबेच गर्नेहरूको अत्याधिक भिड लागेको छ ।

तिहारको समयमा विशेषगरी भाँडा पसल, मिठाई पसल, सुन पसल र फलफुल पसलमा ग्राहकहरूको अत्याधिक भिड लाग्ने व्यवसायी अशोक चौधरी बताउँछन् । यो सँगै फेन्सी र खाद्यान्न पसलमा पनि अत्यधिक भिड देखिन्छ । सबै घरहरू भिलीमिली बनेका छन् । यस समयमा तुलसीपुर बजार बिहानदेखि साँझ किलमेल गर्नेको भिड हुने गरेको छ ।
विशेषगरी यस समयमा किनिएका सामानहरू परिवारका लागि फलदाय हुने धार्मिक विश्वास रहेको सामान किन्दै गरेका मनोज टण्डनको भनाइ छ । आफूमात्र नभई आफ्ना छिमेकीहरूसमेत तिहारकै लागि विभिन्न सामानहरू किन्न गाउँबाट आएको उनले बताए । तिहारको समयमा नयाँ भाँडा, गरगहना, घरका लागि चाहिने खाद्यान्नलगायतका विभिन्न सामानहरू किन्दा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वासले अन्य समयमा भन्दा यो सयमा बढी महत्वका साथ किनेमेल गर्ने प्रचलन रहेको उनको भनाइ छ ।
यसैगरी अहिले बजारमा तिहारका लागि आवश्यक पर्ने सप्तरंगी भाइटिका, काजु, किसमिस, रंगरोगन, चिनी, तेल, मैदा, आँटालगायतका विभिन्न खाद्यान्न सामग्रीहरू पाइने किराना पसलहरू सामग्रीहरू बिक्री हुने किराना पसलहरूमा किनबेच गर्नेहरूको भिड लागेको छ । चाडपर्वको समयमा मिठा–मिठा परिकारहरू बनाई आफ्ना दाजुभाइ, दिदीबहिनीहरूलाई खुवाईने भएकाले बजारमा किराना तथा खाद्यान्न सामग्रीहरू किनमेल गर्नेहरूको समेत अत्याधिक भिड लागेको छ ।

तिहारको समयमा नयाँ भाँडा, गरगहना, घरका लागि चाहिने खाद्यान्नलगायतका विभिन्न सामानहरू किन्दा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।


यस्तै यस पर्वमा घर–घरमा झिलीमिलीसमेत लगाउने प्रचलन रहेकाले ईलेक्ट्रिक पसलहरूसमेत मानिसहरूको भिड छ । यसैगरी पूजा तथा अन्य समयका लागि चाहिने काँच, तामा, पित्तल र चाँदीबाट बनेका नयाँ भाँडाहरू किन्नेहरूको समेत भिड लागेको छ । यस्तै कपडा पसल, गहना पसल, फलफूल, मिठाई पसललगायत बजारका सम्पूर्ण पसलहरूमा किनमेलको चहलपहल अत्याधिक रहेको छ ।
विशेषगरी यस पर्वमा यम यातनाबाट मुक्ति पाउन घर–घरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने विधि छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिएको धार्मिक मान्यता छ । पाँच दिनसम्म मनाईने तिहारमा पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई (लक्ष्मीपूजा), चौथो दिन गोवद्र्धन पूजा गर्ने गरिन्छ भने तिहारको अन्तिम दिन दिदीबहिनीले दाजुभाइलाई दीर्घायु र सुख शान्तिको कामना गर्दै टीका लगाउँदै यो पर्व मनाउने गरिन्छ ।
कार्तिक १२ गते मंगलबार तिहारको मुख्य दिन भाइटीका पर्व छ । बिहान ११ ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको पञ्चाङ निर्णायक समितिले जनाएको छ । कार्तिक १२ गते मंगलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ । कार्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कार्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here