रनिङ शिल्ड स्थगित

खेलकुद मुख्य खबर समाज

शान्तिनगर, ११ फागुन । शान्तिनगरमा सञ्चालन भएको १२औँ राष्ट्रपति रनिङ शिल्ड र तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता स्थगित भएको छ । गाउँपालिकाको आयोजना फागुन ७ गतेदेखि सुरू भएको प्रतियोगिता मौसम प्रतिकूल भएका कारण स्थगित भएको हो ।
गाउँपालिकाका अनुसार रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गतका बाँकी कार्यक्रमहरू मौसम अनुकूल भएलगत्तै पुनः सञ्चालन हुनेछन् । प्रतियोगिता वडा नं ३ मा रहेको विपी मावि बयाले सिमतारा पातेटाकुरामा सञ्चालन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *