रक्तश्रावले सुत्केरीको मृत्यु

मुख्य खबर समाज

सल्यान, २७ फागुन । असुरक्षित सुत्केरीका कारण अत्यधिक रक्तश्राव हुँदा सल्यानमा एक महिलाको मृत्यु भएको छ । बन्गाड कुपिण्डे नगरपालिका–८ ज्यामिरेकी २६ वर्षीया प्रेमकला थापाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।
घरमै सुत्केरी भएकी थापालाई उपचारका लागि उपचारका लागि स्वास्थ्य चौकीमा पु¥याउन ढिला भएको कारण मृत्यु भएको देवस्थल स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी लालिका चौधरीले बताइन् । शिशुको अवस्था भने सामान्य रहेको उनले जानकारी दिइन् । जनस्वास्थ्य कार्यालय सल्यानका अधिकृत रामबहादुर नेपालीले जनचेतना, भौगोलिक विकटता र आर्थिक अभावका कारण धेरै महिलाहरु घरमै असुरक्षित सुत्केरी हुँदै आएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *