योजनासम्बन्धी अभिमुखीकरण

मुख्य खबर समाज

तुलसीपुर, २९ असार । दलित महिला संघ दाङले योेजना निर्माण सम्बन्धी अभिमुखीकरण तालिम गरको छ । विकास निर्माणमा समान सहभागिता बढाउन संघले आइतबार तुलसीपुरमा योजना निर्माणसम्बन्धी अभिमुखीकरण गरेको हो । दलित महिला संघ दाङका अध्यक्ष युवा काराराको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले विकास निर्माणमा अझैपनि समान सहभागिता हुन नसकेको बताएका थिए । उनीहरुले अहिले पनि भनसुनकै भरमा योजना छनौट हुने गरेको भन्दै विकासमा समान सहभागिता बनाउन नागरिक पनि सचेत हुनुपर्ने बताए ।
तालिम समापन कार्यक्रममा तुलसीपुर–२ की सरीता विक, ८ की गौमती सार्की, ९ की पाण्डवी नेपाली र १२ नम्बर वडाकी टिका विक, प्रशिक्षार्थीको तर्फबाट अमृता विकलगायतले संघले आयोजना गरेको योजना निर्माण सम्बन्धी तालिमले समान विकासका लागि सहयोग पुग्ने बताए ।
उनीहरुले कार्यक्रममा समाजमा जातिय विभेद जबसम्म निर्मूल हुँदैन तबसम्म समाज परिवर्तन हुन नसक्ने कुुरामा जोड दिएका थिए  । विभिन्न वडाका दलित महिला सदस्य तथा महिलाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *