योग गुरुलाई स्वागत तथा अभिनन्दन

समाज

तुलसीपुर, ११ जेठ । पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रभारी लभदेव मिश्रलाई तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रबार स्वागत तथा अभिनन्दन गरेको छ । शनिबारदेखि तुलसीपुरको अरनिको मैदानमा सुरु हुने बृहत् योग शिविरको उद्घाटन गर्न आएका मिश्रलाई संघले स्वागत गरेको हो ।
तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा मिश्रले जीवनमा योग र साधनाले गर्दा समाजमा सकारात्मक अभियानहरु सञ्चालन गर्न मद्दत पुग्ने बताए ।
कार्यक्रममा बोल्दै केन्द्रीय संयोजक मिश्रले खानपिन, आहार बिहार र दैनिकी जीवनलाई कसरी ब्यवस्थापन गर्ने भन्ने सन्दर्भमा पनि योगले महङ्खवपूर्ण भूमिका खेल्ने बताए ।
स्वागत तथा अभिनन्दन कार्यक्रममा प्रदेश, जिल्ला तथा नगरका पदाधिकारीहरुलाई पनि सम्मान गरिएको छ । उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा योग शिविरका संयोजक टोप बहादुर केसी लगाएकाले धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *