योग केन्द्र आवश्यकः पाण्डे

फिचर मुख्य खबर राजनीति समाज

तुलसीपुर, २७ जेठ
तुलसीपुरमा योग केन्द्र भवन बनाउन आफूले पहल गर्ने तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले प्रतिवद्धता जनाएका छन् । तुलसीपुर क्षेत्रलाई योगमय बनाई हरेक नागरिक स्वस्थ रहनका लागि योगा आवश्यक रहेको भन्दै प्रमुख पाण्डेले योगको कारण हरेक मानिसमा स्वस्थ मात्र नभएर स्फूर्ति बढ्ने, उसको आत्मविश्वास र स्वासप्रश्वासमा समेत फाइदा पुग्ने भन्दै आम नगरबासीले योगतर्फ ध्यान दिन आवश्यक रहेको उनले बताएका छन् ।

योगमा सबै उमेर समूहको उत्तिकै प्रभाव रहने योग साधनाका लागि तुलसीपुरमा पूर्वाधार नहुँदा बेला–बेला समस्या आउने गरेको योगको समस्यालाई तत्काल सम्बोधन गर्न ध्यान दिने बताए । आइतबार बिहानै तुलसीपुरमा रहेको पार्टीप्यालेस योगा प्रशिक्षण कक्षामा पुगेका पाण्डेले तुलसीपुरमा योग प्रशिक्षणको लागि सुविधा सम्पन्न हल नहुँदा समस्या देखिएकोले समस्या समाधानको लागि आफूले आउँदो असार १५ गते केन्द्रको भवन बनाउन आवश्यक जमिनको व्यबस्था गरी शिलान्याससमेत गर्न लाग्ने बताए ।

उक्त अवसरमा उनले योग प्रशिक्षकहरुलाई एउटा समिति तयार गरेर आवश्यक प्रकृयाका साथ उपमहानगरपालिकामा आउन आग्रहसमेत गरेका थिए । पछिल्लो समय योग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ जसले मानिसलाई शारीरिक स्फूर्ति, दिमागी एकाग्रता र स्मरणशक्ति बढाउन प्रभावकारी बन्दै गएको छ । तर तुलसीपुर क्षेत्रमा सुविधा सम्पन्न योग केन्द्रको भवन नहुँदा योग प्रशिक्षणमा समस्या हुने गरेको योग प्रशिक्षकहरुले प्रमुख पाण्डेलाई उक्त अवसरमा जानकारी गराएको योग प्रशिक्षक बामदेव धितालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *