योग केन्द्रको तीज मिलन

फिचर समाज

तुलसीपुर, १७ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज नजिकै गर्दा विभिन्न ठाउँमा नाचगानका कार्यक्रमहरु भैरहेका छन् । कृष्ण जन्माष्टमीको अघिल्लो दिन शनिबार तुलसीपुरमा रहेको पतञ्जली रोग निवारण केन्द्र पार्टी प्यालेस तुलसीपुरमा एक आपसमा सम्बन्ध स्थापित गर्न तीज मिलन कार्यक्रमको आयोजना गरेको छ ।
योग गुरु शिव कुमार आचार्यको सभापतित्व तथा योग केन्द्र प्रदेश नम्बर ५ का सल्लाहकार डा अरुण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा सदस्य सुरेश श्रेष्ठको विशिष्ठ आतिथ्यतामा आयोजना भएको कार्यक्रममा सहभागी भएका योग साधकहरुले बिभिन्न तीज गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा रोवर सिंह ढकाल, जानका गैरे, प्राध्यापक धु्रवराज गौतम, अम्मर भुसाल, देवराज केसी र योग प्रशिक्षक प्राध्यापक टिका आचार्य, पूर्णप्रसाद धिताल लगायतकाले विभिन्न भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण योग गुरु बामदेव धितालले गरेका थिए । त्यस्तै बिजौरी योग केन्द्रको आयोजनामा शनिबार बिजौरीमा तीज विशेष कार्यक्रम भएको छ । बिजौरी योग केन्द्रले आयोजना गरेको कार्यक्रममा दुधरास योग केन्द्र, तुलसीपुर योग केन्द्र, नारायणपुर योग केन्द्रलगायतका ठाउँबाट विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियोे । योग साधना सँगसँगै रमाइलो पनि गर्नुपर्छ भन्ने मान्यताका साथ योग केन्द्र बिजौरीले दरखाने तीज मिलन कार्यक्रम राखेको बिजौरी योग केन्द्रका अध्यक्ष बालकृष्ण रेग्मीले बताए । दुःख पीडाहरु भुलाउन अनि सधैंभरिको घरको कामबाट फुर्सद निकालेर कम्तिमा दिदी–बहिनी दाजुभाइहरु एकआपसमा मज्जाले तीजका गीतहरुमा नाचेका थिए । २०७४ साल माघ १ गतेबाट बिजौरी आयुर्वेदका डा. रामकामेश्वर ठाकुर र आयुर्वेद व्यवस्थापन समितिका अध्यक्ष भैरवप्रसाद मजगैयाँको विशेष पहलमा सुरु भएको योगामा हाल नियमित ६० जनाको सहभागी हुने गरेको पतञ्जली योग केन्द्र बिजौरीमा योग गर्दै आएका पदम वलीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर–१८ का वडा अध्यक्ष माधव वलीले योग भनेको जीवन जिउने कला हो भएकोले सबैले योग गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा बोल्दै अध्यक्ष भैरवप्रसाद मजगैयाँले योग भनेको सबैलाई एकेै ठाउँमा भेला गरी रोगको निधान गर्ने उपचार पद्धति भएको बताउँदै सबैलाई योगमा आउन अनुरोध गरे । विजौरी योग केन्द्रका अध्यक्ष बालकृष्ण रेग्मीको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिका–१८ का वडा अध्यक्ष माधव वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पतञ्जली योग केन्द्र दाङका उपाध्यक्ष बिनोद चौधरीले योग केन्द्रकी उपाध्यक्ष देविका खड्का, विजौरी योग केन्द्रका सदस्य मुकेश वलीलगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण योग केन्द्र विजौरीका सचिव टीकाराम पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *