योगले सुसंस्कृत र अनुशासित समाज निर्माण गर्ने

फिचर मुख्य खबर समाज

तुलसीपुर, २६ कार्तिक । स्वस्थ्य, समृद्ध, सुसंस्कृत र अनुशासित समाज निर्माणका लागि योग शिक्षालाई हरेक नागरिकमा पु¥याउनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
पतञ्जली योग समिति दाङको संयोजन तथा पतञ्जली योग रोग निवारण केन्द्र तुलसीपुरको आयोजनामा सोमबार तुलसीपुरमा भएको १ सय १० घण्टे सहयोग शिक्षक तालिम समापन कार्यक्रमका सहभागीले योगका माध्यमबाट नागरिकलाई स्वस्थ्य, अनुसाशित र मर्यादित बनाउन सकिने बताएका हुन् ।कार्यक्रममा बोल्ने सहभागी वक्ताहरूले समाजमा हरेक व्यक्ति स्वस्थ भए मात्र देशले समृद्धि हासिल गर्नसक्ने भन्दै योगका माध्यमबाट स्वस्थ समाजनको निर्माण गर्न सकिने बताएका छन् ।
तालिम संयोजक तथा योग शिक्षक पूर्णप्रसाद धितालको अध्यक्षता तथा पतञ्जली योग प्रदेश नम्बर ५ का प्रभारी प्रेम शाहको प्रमुख आतिथ्यता एवं सहप्रभारी शारदा पोख्रेलको विशिष्ठ आतिथ्यतामा तालिम समापन कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख आतिथि शाहले रोग, भोक र शोकको अन्त्यका लागि योग आवश्यक रहेको बताए ।
योग केन्द्रका सचिव हरि कँडेलको स्वागत मन्तब्यबाट सुरू भएको समापन कार्यक्रममा पतञ्जली योग प्रदेश नं. ५ का प्रभारी प्रेम शाह, सहप्रभारी शारदा पोख्रेल, प्रदेशका प्रशिक्षण विभाग प्रमुख दिपक बस्याल, प्रदेश सल्लाहकार समितिका संयोजक देवराज आचार्य, जिल्ला युवा प्रभारी केत नारायण आचार्य,
नगर अध्यक्ष प्रह्लाद शाह, नगर सञ्चार संयोजक रेखा शर्मालगायतले योगमा आकर्षण बढेपनि महत्व र आवश्यकता बारेमा सचेतना फैलन नसकेको बताएका थिए । १ सय १० घण्टे सहयोग शिक्षक तालिममा ९८ जनालाई प्रशिक्षण दिइएको थियो । समापन कार्यक्रमको सञ्चालन योग शिक्षक ध्रुबराज गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *