युवा समिति गठन

फिचर मुख्य खबर राजनीति

तुलसीपुर, २६ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल तरूण दलले युवा परिचालन समिति गठन गरेको छ । सोमबार पश्चिम दाङको श्रीगाउँमा पश्चिम दाङका काँग्रेसमा आवद्ध तरूण युवाहरूको भेलाले ५ सय ५५ सदस्यीय युवा परिचालन समिति गठन गरेको हो ।
तरूण दलका जिल्ला प्रतिनिधि तरूण दलका जिल्ला उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको भेलाले साविक क्षेत्र नम्बर ५ का तरूण दल अध्यक्ष ललितजंग पाण्डेलाई युवा परिचालन समितिको संयोजकमा चयन गरेको हो । दाङ क्षेत्र नम्बर ३ (ख) को उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार केशव आचार्यको पक्षमा माहौल बनाउने उद्देश्यले गठन गरिएको समितिले मतदाताको संरक्षणदेखि प्रचारप्रसार गर्नेछ ।
साथै भेलाले तुलसीपुर १० र ११ को प्रतिनिधिमा तरूण दलका क्षेत्रीय अध्यक्ष रमेश मल्ल र जिल्ला सदस्य प्रेम गिरी, तुलसीपुर १ र २ मा तरूण दल जिल्ला सचिव ध्रुव आचार्य र जिल्ला सदस्य बसन्त केसी, दंगीशरण गाउँपालिकामा तरूण दल कोषाधयक्ष अभियान बस्नेत, जिल्ला सदस्यहरू नवीन बुढाथोकी र समिता चौधरी, शान्तिनगरमा जिल्ला सदस्यहरू नवीन योगी र प्रवल विष्ट र बबई गाउँपालिकामा तरूण दलका उपाध्यक्ष मुक्तीप्रसाद न्यौपाने र जिल्ला सदस्य डिल्ली रेग्मीलाई प्रतिनिधि तोकेको छ ।
साथै भेलाले यही ३० गते तीनवटा गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका चारवटा वडामा तरूण भेला गर्ने निर्णय गरिएको भेलापछि तरूण दलका जिल्ला अध्यक्ष टीका घर्तीले जानकारी दिए । भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका उम्मेदवार केशवराज आचार्यले अनुशासित र मर्यादित भएर नेपाली काँग्रेसको पक्षमा प्रचार प्रसार गर्न आग्रह गरे ।
साथै उनले सरकारका गलत क्रियाकलापको खबरदारी गरी सच्याउनका लागि काँग्रेसमात्र नभई नेकपाका कार्यकर्ताले पनि यसपटक आफूलाई मतदान गर्ने विश्वास ब्यक्त गर्दै सबैमा नेपाली काँग्रेसको चुनाव चिन्ह रूखमा मतदान गर्न अपिल गरे ।
यस्तै तरूण दलका जिल्ला अध्यक्ष टीका घर्ती र पूर्व केन्द्रीय सदस्य सूर्य प्रकाश रानालगायतले काँग्रेसका मतदाताको संरक्षण गर्न र गाउँमा गलत क्रियाकलाप नियन्त्रण गर्न सक्रिय भएर लाग्न निर्देशन दिए । भेलाको सहजीकरण तरूण दलका जिल्ला सचिव ध्रुव आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *