Tuesday, April 16, 2024
Homeमुख्य खबरयुवा संसदको परामर्श

युवा संसदको परामर्श

- Advertisement -spot_img

दंगीशरण (दाङ), १५ जेठ ।
नमुना युवा सांसद दंगीशरण गाउँपालिकाको आयोजनामा स्कुल क्लव गठन, सकारात्मक सोंच तथा सामाजिक सञ्जालको प्रयोग, दुब्र्यसनी र बालविवाह न्यूनीकरण सम्बन्धी एकदिने परामर्श कार्यक्रम मंगलबार श्री सिद्ध पृथ्वी जनता मावि श्रीगाउँमा भएको छ ।

कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सकारात्मक सोंचले नै जीवन बदल्न सकिने बताएका थिए । कुनै पनि कुरा नकारात्मक भन्दा पनि सकारात्मक तरिकाले लिएमा सुन्दर देखिने बताउँदै जीवन लामो समयसम्म बाँच्नका लागि सकारात्मक सोंच लिन जरुरी रहेको बताए । हरेक कामलाई सफल बनाउनका लागि सकारात्मक सोंच लिन आवश्यक रहेको कुरामा जोड दिए ।

यस्तै वडा नम्बर ६ का अध्यक्ष टंक वलीले वडालाई बालविवाहमुक्त वडाका रुपमा परिचित गराउन बालबालिकाकै अहम् भूमिका रहेको भन्दै बाल क्लवमार्फत यस्ता कार्यक्रम गर्न सकिने बताए । बालविवाहले बालबालिकामा मानसिक तथा शारीरिक असर पर्ने भन्दै बेलैमा सजक हुन अध्यक्ष वलीले आग्रह गरे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बागरका प्रहरी रुद्र बहादुर बुढाथोकीले लागूपदार्थ दुब्र्यसनबाट सचेत हुन आग्रह गरे । दुब्र्यसनमा फसेर सुधार केन्द्रमा जानुभन्दा बेलैमा सोच्नुपर्ने भन्दै १५ देखि २० बर्षको उमेरमा आफूलाई राम्रो बाटोमा अगाडि बढाउनुपर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक हर्क बहादुर बुढाथोकीले विद्यार्थीहरु किताबी ज्ञान मात्र नभएर ईन्टरनेटसँग पनि नजिक रहन आजको गहन विषय रहेको बताए ।

अबको युवाले देशलाई सही दिशामा डो¥याउनका लागि आधुनिक शिक्षालाई पनि ग्रहण गर्नुपर्ने भन्दै सामाजिक सञ्जालसँग जोडिनु सकारात्मक पक्ष रहेको कुरामा जोड दिए ।

समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा सपना डाँगीको अध्यक्षतामा १५ सदस्यीय पृथ्वी जनता मावि बाल क्लव गठन गरिएको छ ।

जसको उपाध्यक्षमा प्रविन केसी, सचिवमा खगेन्द्र वली, कोषाध्यक्षमा रेखा डाँगी रहेका छन् । त्यस्तै सदस्यहरुमा सोनु केसी, पेशली वली, करण खड्का, सुदिप चौधरी, सीता विकलगायतका रहेका छन् ।

नमुना युवा सांसदका प्रधानमन्त्री चक्र मिलन विकको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नमुना युवा सांसदका प्रतिपक्ष दलका सांसद खुसीराम चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here