युवा वैज्ञानिक मार्सल सम्मानितू

मुख्य खबर

दाङ, ७ साउन । दाङका युवा वैज्ञानिक मार्सल रोकालाई प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मान गरेको छ । प्लाष्टिकबाट डिजेल र सल्लाको खोटोबाट तेल निकाल्ने प्रविधिको विकास गरेको भन्दै मन्त्रालयले नगदसहित सम्मान पत्रले सम्मान गरेको हो ।
रोकालाई प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सम्मान गरेका हुन् । रोकालाई बुटवलमा सोमबार एक औपचारिक कार्यक्रम गरी सम्मान गरेको हो । प्रदेश सरकारले नमुना काम गर्ने युवा क्षेत्रमा क्रियाशीललाई हरेक बर्ष सम्मान गर्दै आएको छ ।
सरकारले नगद १८ हजार र सम्मानपत्रले सम्मानित गरेको रोकाले जानकारी दिए । रोका बिगत १४ बर्षदेखि विद्यालय समयदेखि नै विज्ञान प्रविधिको विकासका लागि अध्ययन तथा अनुसन्धानमा तल्लीन रहेका छन् ।
यसअघि रोकालाई २०७३ सालमा युवा तथा खेलकुद मन्त्रालयले उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत गरेको थियो । जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट सम्मानित भएका छन् । हालसम्म रोकाले ४२ वटा आविष्कार गरेका छन् ।
रोकाले हाल घोराहीको गोग्लीमा मेल्टा टेक्नोलोजी प्रालि स्थापना गरेर ३५ जना युवाहरुलाई रोजगारसमेत प्रदान गरेका छन् । कम्पनीमार्फत् विशेषगरी पशुपंक्षीका लागि आवश्यक औषधी उत्पादन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *