- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरयुवा दिवसमा रक्तदान

युवा दिवसमा रक्तदान

- Advertisement -spot_img

घोराही, २७ साउन । १९औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आइतबार घोराहीको भिक्टोरिया कलेजमा रक्तदान गरिएको छ । कलेजको ब्यवस्थापन र कलेजमा गठित रोट्रयाक्ट क्लव अफ दाङको ब्यवस्थापनमा ४० जनाले रक्तदान गरेका हुन् । रक्तदान गर्नेहरुमा प्रकाश पौडेल, सुनिल अधिकारी, कपिल शर्मा, राधिका विसी, प्रतिक्षा केसी, निर्मला डाँगी, संगीता चौधरी, झरना थापा, करुण भट्टराई, रक्षा वली, सुमन रेग्मी, सुमिता घर्ती, प्रबिन पोखरेल, सबिना बस्नेत रहेका छन् । त्यसैगरी, प्रयास घिमिरे, विवेक न्यौपाने, वविना घिमिरे, रोशनी बस्नेत, सिर्जना श्रेष्ठ, महेश शाह, मन्दिप अधिकारी, कमल आचार्य, गौरव भट्ट, विकास कुमाल, नितेशकुमार यादवले रक्तदान गरेका थिए । यस्तै सुरज गुप्ता, विकास श्रेष्ठ, कमलकुमार पुन, सदिक्षा चौधरी, अनुजा रावत, दिपिका सुवेदी, शरद रोका, केशव पुन मगर, सुरज पुरी, कृपा सुवेदी, बसन्त लम्साल, ढकराज सुवेदी, मोहन भट्टराई, प्रदिप बञ्जाडेले रक्तदान गरेका थिए । क्लवका अध्यक्ष बसन्त लम्सालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाका सभापति थम्मन चौधरीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

स्थापनाको दिवसमा रक्तदान

यसैबीच राप्ती अञ्चल बजार प्रतिनिधि एसोसिएसनको स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रम एसोसिएसनका अध्यक्ष दिनानाथ शर्माको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीको प्रमुख आतिथ्यतामा भएको होे । उक्त अवसरमा विभिन्न क्षेत्रका २४ जना व्यक्तिले रक्तदान गरेको रक्त सञ्चार केन्द्रका प्राविधिक ठाकुर पौडेलले जानकारी दिए । त्यस अवसरमा बोल्ने वक्ताहरुले रक्तदान जीवनदान भएको भन्दै यसप्रकारको पुण्य कार्यका सबैको सहभागिता रहनुपर्ने बताएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here