युवाहरुले पुरे सडकका खाल्डा

मुख्य खबर राजनीति समाज

तुलसीपुर, २७ मंसिर । तुलसीपुरमा रहेका युवाहरु सामाजिक कार्यमा सक्रिय बन्दै गएका छन् । तुलसीपुर–७ शिवनगरमा रहेको रोयल शिवनगर युवा क्लवका युवाहरुले सडकमा आवतजावत गर्दा उत्पन्न हुने समस्यालाई मध्यनजर गर्दै उदाहरणीय काम गरेका हुन् । क्लवमा आवद्ध युवाहरुले बीच सडकमा परेका खाल्डाखुल्डीहरु पुरेका छन् । आम सर्वसाधारणलाई आवतजावतमा निकै समस्या भएकाले आफूहरु नै यसको समाधानमा उत्रिएको बताउँदै सामाजिक कार्यमा आफूहरु सधै सकारात्मक भएको क्लवका युवाहरुको भनाइ छ ।
तुलसीपुर सल्यान सडकखण्डको शिवनगरमा रिफ्रेस सेन्टर सञ्चालन हुँदा परेका ठूला तथा साना खाल्डाहरु उनीहरुले पुरेका हुन् । खाडल पूर्नका लागि आवश्यक पर्ने झण्डै चार बोरा सिमेन्ट र बालुवाको जोहो समेत युवाहरु आफैले गरेका हुन् । स्थानीय सरकार र सम्वन्धित सरोकारवालाहरुको यसमा कुनै चासो नदेखिपछि स्वयम् युवाहरु नै यसको समाधानमा उत्रिएको रोयल शिवनगर युवा क्लवका नवीन शाहीले बताए । सडकमा परेका खाल्डाहरु जनप्रतिनिधिहरुले समेत वास्ता नदिदा उनीहरुप्रतिको जनविश्वास समेत कम भएको छ । सडकका खाल्डाका कारण दैनिकजसो अटो, मोटरसाईकल र अन्य सवारी साधन दुर्घटना हुन थालेपछि आफूहरु बाध्य भएर खाल्डा पुरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *