युवाको रोजाइमा बजाज

फिचर

बजाज कम्पनीले विभिन्न उपहार याजनासहित दाङको तुलसीपुरमा महोत्सव, महाएक्सचेन्ज मेला सञ्चालन गरेको छ । कम्पनीले आफ्नो उत्पादन बजारीकरणका लागि बजाज उल्टो अफर उपहार योजनासहित बजाज महामेला सञ्चालन गरेको हो ।
ग्राहकको विश्वास जित्न सफल बजाज कम्पनी नेपाली बजारमा विगत लामो समयदेखि मोटरसाईकल तथा अटो बिक्री गरिरहेको छ । बजाज कम्पनीको उत्पादन विशेषगरी युवाको रोजाईमा पर्ने गरेको छ ।
नेपाली बजारमा अधिकांश युवाले बजाज कम्पनीका मोटरसाईकल खरिद गर्ने गरेका छन् । युवाको चाहना अनुरुप बजाज कम्पनीका मोटरसाईकल बजारमा आउने गरेका कारण पनि बजाजका उत्पादन युवाको रोजाईमा पर्न सफल भएको छ ।
बजाजका उत्पादन पनि आकर्षक हुने र मुल्य पनि कम हुने भएका कारण बजाजको उत्पादन आफूलाई मन पर्ने गरेको तुलसीपुरका विष्णु शर्माले बताए । ‘मुल्य पनि चित्त बुझ्दो हुन्छ र विभिन्न समयमा नयाँ–नयाँ डिजाईनका उत्पादन बजारमा आउने हुँदा बजाज नै मेरो रोजाईमा पर्ने गरेको छ’ उनले भने ।
बजाजले आफ्नो उत्पादनको बजार प्रवद्र्धनका लागि विभिन्न समयमा विभिन्न उपहार योजनासमेत ल्याउने गरेको छ । पछिल्लो समय बजाज कम्पनीले आफ्नो उपहार योजनाअन्तर्गत बजाज उल्टो अफर ल्याएसँगै बजाज कम्पनीका उत्पादनको निकै माग बढेको छ  । महामेलामा कम्पनीका पल्सर मोटसाईकल बढी बिक्री हुने गरेको छ ।

बजाजका उत्पादन पनि आकर्षक हुने र मुल्य पनि कम हुने भएका कारण बजाजको उत्पादन आफूलाई मन पर्ने गरेको तुलसीपुरका विष्णु शर्माले बताए ।

बजाजले उल्टो अपर ल्याएसँगै बजाज कम्पनीको मोटसाईकल किन्नेहरुको भिड लाग्न थालेको छ । कम्पनीले बैशाख १० गतेदेखि बजाज उल्टो अफर योजनालाई सफल बनाउने बैशाख १५ गतेसम्म बजाज उल्टो अफर महामेला सञ्चालन गरिरहेको छ ।
उल्टो अफर उपहार योजनाअन्तर्गत ग्राहकले मोटरसाईकल खरिद गर्नुअघि १ लाख र खरिद गरिसकेपछि १ लाख गरेर २ लाखसम्म उपहार प्राप्त गर्न सक्ने बजाज कम्पनीका तुलसीपुर शाखा प्रदिप केसीले बताए । तुलसीपुरको अरनिको मैदानमा सञ्चालन भइरहेको बजाज महामेला आईतबारसम्म सञ्चालन हुने उनको भनाइ छ ।

उनका अनुसार बजाज महामेलामा मोटरसाईकल अत्याधिक बिक्री भइरहेको छ । नेपालमै सर्वाधिक बिक्री हुने गरेको बताउँदै दाङमा पनि अधिकांश युवाको रोजाईमा पर्ने गरेको उनले बताए ।
उनी भन्छन् ‘महामेलामा मोटरसाईकल खरिद गर्ने ग्राहकले दुई प्रकारका उपहार प्राप्त गर्न सक्छन्, ग्राहकले कार्ड स्क्र्याच गरेर नगद छुट प्राप्त गर्न सक्छन् भने प्रत्येक बाईकको खरिदमा हेलमेट, लेकगार्ड, बाईक कभर, सिट कभर, ल्याप्टप ब्यागलगायतका सामाग्री निःशुल्क प्राप्त गर्न सकिन्छ ।’
महामेलामा ग्राहकले कुपन स्क्र्याच गरेर ९ हजारदेखि २ लाखसम्म नगद प्राप्त गर्न सक्ने उनले बताए । महामेलामा कुनै पनि कम्पनीका पुराना बाईक तथा स्कुटर खरिद भइरहेको छ, कम्तीमा ३० हजारमा बाईक तथा स्कुटर खरिद गर्न सकिन्छ, उनले भने ‘महामेला नयाँ मोटसाईकल १ लाख ५३ हजारदेखि २ लाख २० हजारमा ग्राहकले प्राप्त गनेछन् ।’
देशका विभिन्न शहरहरुमा सेवा दिइरहेको बजाज कम्पनीले दाङको तुलसीपुरबाट आफ्ना उत्पादन बजारीकरण गरिरहेको छ । तुलसीपुरमा सञ्चालन भइरहेको महामेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि सञ्चालन भईरहेका छन् ।
महामेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरु आ–आफ्नो प्रस्तुतिमार्फत ग्राहकलाई मनोरञ्जन प्रदान गरिरहेका छन् ।
मेलामा चर्चित कलाकार प्रेम विवश घर्तीसहित अन्य स्थानीय कलाकारले मनोरञ्जन प्रदान गरिरहेका छन् । दैनिक दिउँसो ३ बजेदेखि ५ बजेसम्म अरनिको मैदानमा बजाज महामेला सञ्चालन हुने गरेको बजाज कम्पनी तुलसीपुरका सर्भिस म्यानेजर मनोजकुमार आचार्य जानकारी दिए । महामेलामा बाईकको खरिद बिक्रीसँगै मनोरञ्जनको कार्यक्रम हुने गरेको छ उनले भने,
आइतबार १६ गतेसम्म महामेला सञ्चालन हुनेछ, अब दुईदिन मात्र बाँकी छ, पछिल्लो समय महामेलामा बाईक खरिद गर्ने ग्राहकको संख्या बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *