- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरयुवक संघको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

युवक संघको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

- Advertisement -spot_img

घोराही, १२ असार ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ दाङले जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघका जिल्ला अध्यक्ष चित्र बहादुर महतराले निमित्त प्रखुक जिल्ला अधिकारी गणेशप्रसाद आचार्यमार्फत विभिन्न सरोकारका विषय समेटिएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाइएको हो ।
ज्ञापनपत्रमा नेपालका कुनै राजनीतिक दल र संगठनहरुले संघीयताको लागि आवाज उठाउने, माग गर्ने वा त्यसको लागि संघर्ष गर्ने गरेको इतिहास छैन भएको र विदेशी इसारामा नेपाललाई हस्तक्षेप गर्न सजिलो होस् भनेर भित्र्याइएको आरोप लगाइएको छ । ज्ञापनपत्रमा संघीयताले सामाजिक सद्भाव खलबलिने, क्षेत्रीय जातीय प्रकारको देश उत्पन्न हुने, श्रोतसाधन परिचालनमा विवाद हुने, आर्थिक कठिनाई हुने, कार्य क्षेत्र निर्धारणमा समस्या हुने हुँदा संघीयता खारेज गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । स्थानीय तहको संरचना अधिकार सम्पन्न गराउनु पर्ने, विकास बजेट वृद्धि गर्नुपर्ने, भ्रष्टाचार र अनियमितता रोक्नु पर्ने, युवालाई स्वरोजगार बनाउनुका साथै राष्ट्रिय उद्योग धन्दाहरु स्थापना गर्नुपर्ने, विदेशमा रहेका युवाहरुलाई स्वदेशमै रोजगारको वातावरण बनाउनुका साथै विदेशमा रहदासम्म आफैले काम गरेको देशबाट निर्वाचनमा मतदान गर्न पाउने ब्यवस्था मिलाउनु पर्ने, वैदेशिक रोजगारिमा ठगी तथा अलपत्र परेका पीडित युवाहरुलाई उचित न्याय, राहत तथा पुनस्र्थापन गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी लागूऔषध दुव्र्यसनी तथा ओसारपसारलाई रोक्नुपर्ने, कालाबजारी, करचोर, तस्कर, वनमारा र भ्रष्टाचारीलाई कडा सजायको मागसमेत गरिएको छ । यसैगरी ज्ञापनपत्रमा राष्ट्रिय पुँजी निर्माणमा जोड दिनुका साथै विदेशी कम्पनीहरुको एकाधिकारको विरोध गरिएको छ । एनसेललगायत अन्य बहुर्राष्ट्रिय कम्पनीहरुले लाभकर बाफतको अरबौ रकम विदेश लैजाने गरेकोमा उक्त राज्यले लिनुपर्ने कुरामा जोड दिइएको छ ।
नेपालमाथि भएका सबै वैदेशिक हस्तक्षेप रोक्नुपर्ने, अरुण तेस्रो अपर कर्णालीजस्ता राष्ट्रघाती सन्धी सम्झौता खारेज गर्नुपर्ने, प्राकृतिक श्रोत साधनमाथिको दोहन रोक्नुपर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तत्काल सञ्चालन गर्नुपर्ने, पर्यावरण संरक्षण गर्नुपर्ने, सबै स्थानीय तहले युवाहरुका लागि खेलकुद सामग्री तथा खेल मैदानको ब्यबस्था गर्नुपर्ने लगायतका कुराहरु उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यले आफूले तत्काल प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाउने तथा ज्ञापनपत्रमा उठेका विषय महङ्खवपूर्ण भएको बताएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here