यामाहा किन्दा एकलाख उपहार

समाज

तुलसीपुर, ८ कार्तिक । यामाहा कम्पनीको मोटरसाइकल खरिद गरेका दाङका एक युवाले नगद एक लाख हात पारेका छन् । कम्पनीको विषेश अफरको सयममा खरिद गर्ने लक्की ड्रमार्फत तुलसीपुरका नवराज वलीले नगद एक लाख प्राप्त गरेका हुन् ।
यामाहा कम्पनीको आधिकारिक बिक्रेता तुलसीपुर ड्रिमल्याण्ड ट्रेडर्सबाट कार्तिक ८ गते मोटरसाईकल खरिद गरेका वलीलाई प्राप्त एक लाख शुक्रबार हस्तान्तरण गरिएको हो । यामाहा कम्पनीको मोटरसाईकलको तुलसीपुरको आधिकारिक बिक्रेता राजेन्द्र श्रेष्ठले लक्की ड्रमार्फत प्राप्त भएको रकम मोटरसाईकल खरिदकर्ता वलीलाई एक लाखको चेक हस्तान्तरण गरेका हु्न् ।
यामाहा कम्पनीले गत भदौ ४ कार्तिक २९ गतेसम्म मोटरसाईकल खरिद गर्नेहरूलाई लक्की ड्रमार्फत नगद उपहार प्रदान गरेको हो । जापानीज टेक्नोलोजीबाट उत्पादित एभिएस सिस्टमको यामाहा मोटरसाईकल वातावरणमैत्री भएकाले माग अत्याधिक रहेको सेल्स इञ्चार्ज लंकबहादुर खड्काले बताए । दसैँ, तिहारको अफरको समयमा करिब तीन सय मोटरसाईकल बिक्री भएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *