- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसमाजयामाहाको ‘ह्याप्पी न्यू यामाहा’ अफर

यामाहाको ‘ह्याप्पी न्यू यामाहा’ अफर

- Advertisement -spot_img

काठमाडौँ, ११ चैत । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘ह्याप्पी न्यू यामाहा’ नाम रहेको यो योजनामा यामाहाका सात सयजना ग्राहकले सुनको सिक्का जित्ने मौका पाउने छन् । साथै, हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड पाउने र जसमा एक लाख रुपैयाँसम्म नगद छुट पाउने छन् ।
‘नयाँ वर्ष योजनाले नयाँ वर्षको उल्लासलाई झन् बढाउने आशा लिएको प्रालिमा हामीले गरेका छौं । यो योजनामा ग्राहकले नगद छुट र सुनको सिक्का जित्ने मौका पाउनुहुनेछ । यो डबल बोनान्जा अफर हो’ एमएडब्लु इन्टरप्राइजेज, यामाहा डिभिजनका सिइओ चिरञ्जीवी शाहले भने, ‘हामी हाम्रा ग्राहकलाई विश्वस्त पार्न चाहन्छौं कि यो यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने सबैभन्दा उत्तम समय हो ।’
नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लकी ड्र गरिनेछ जसको विजेताले यामाहाको तर्फबाट सुनको सिक्का उपलब्ध गराइने छ । यामाहाले नयाँ वर्ष अफरमा सात सयजना भाग्यशाली ग्राहकलाई सुनको सिक्का दिनेछ । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिन जडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी रहेका कम्पनीको दाबी रहदै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here