- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरमौसम परिवर्तनको संकेत

मौसम परिवर्तनको संकेत

- Advertisement -spot_img

घोराही, ५ चैत । केही दिनदेखि मौसममा परिर्वतन आएको छ । चैत महिनामा चर्को गर्मी हुने समयमा चिसो अझै हटेको छैन् । अप्रत्यासित पानी परिरहेको छ भने पहाडी क्षेत्रमा असिना पर्ने, मेघ गर्जिने, हल्का हावा हुरी चल्नेलगायतको मौसम परिवर्तन भईरहेको छ ।
सोमबार बिहानदेखि छुट्टै खालको मौसम परिवर्तन भएको छ । बिहानदेखि चिसो बढेको छ भने आकाशमा बादलले ढाकेको छ । पानी राम्रोसँग पर्न सकिरहेको छैन् भने हावाहुरी पनि चलेको छैन् ।
जलवायु परिवर्तनको संकेत देखिएको हावापानी विभाग कार्यालय घोराही दाङले जनाएको छ । मौसम परिवर्तन भएसँगै अतिबृष्टि, अनाबृष्टि भईरहेको छ । चैत महिनाको पहिलो साता बितिसक्न लाग्दा पनि झरी पर्ने, चिसो मौसम भईरहेको छ ।
विशेषगरी सोमबारदेखि देखिएको मौसम परिवर्तनले भारी वर्षा नहुने हावापानी कार्यालयका प्रमुख राजु मिश्रले जनाएका छन् । क्रमिक रुपमा तापक्रम बढ्दै गएकाले एक हप्ताभित्र हल्का हावा पानी आउने, कतै हुरीसहितको पानी आउने मिश्रले बताए ।
‘आकाशमा बादल देखिएको छ, यो सामान्य पानीको छिटा आउने लक्षण हो तर पर्न सकिरहेको छैन्’ हावापानी कार्यालय घोराहीका प्रमुख मिश्रले प्रदेश टुडेसँग भने ‘यो जलवायु परिवर्तनको परिणाम हो । त्यसपछि ह्वात्तै तापक्रम वढने उनले वताए ।
वायुमण्डलमा तापक्रम बढ्दै गएकाले यस्तो लक्षण देखिएको उनले बताए । जलवायु परिवर्तनको संकेत भएकाले मेघ गजिर्ने, पानी पर्ने उनले जानकारी गराए । हावाहुरी चल्ने, पहाडी क्षेत्रमा असिना पानी पर्ने उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here