मौलिक पर्व गाईजात्रा

विचार

 
नेपालमा अहिले पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ । पर्यटननै अब आर्थिक, सामाजिक, साँस्कृतिक र प्राकृतिक महत्वका लागि आधार बन्न थालेको छ । पर्यटनको क्षेत्रमा नेपाल भित्रिने पर्यटकहरु नेपालीहरुले मान्ने चाडपर्व र संस्कृतिमा रमाउन थालेका छन् ।
नेपालीहरुको धर्म संस्कृति प्रकृतिसँग जोडिएको छ । नेपालीहरुले मान्ने चाडपर्वहरु पनि प्रकृतिसँग नजिक छन् । विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाजमा परम्परागत रुपमा मनाइने चाड, पर्व, जात्रा, मेला र अन्य साँस्कृतिक उत्सवहरुमा पर्यटकहरु रमाउँछन् ।
गाईजात्रा नेवार जातिको मौलिक पर्व हो । तर आजभोलि गाईजात्रा मात्र नभएर अन्य जात्रा र पर्वहरु पनि पर्यटनको लागि अध्ययन, अनुसन्धान र रोमाञ्चको विषय हुने गरेको छ । गाईजात्राको सुरुवात उपत्यकाका राजा प्रताप मल्लको पालाबाट सुरुवात भएको हो ।
विक्रम सम्वत् १६४१ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगका कारण विक्षिप्त बनेकी थिइन् । रानी छोरा बितेको लामो समय हुँदा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गर्दथिन् ।
मृत्यु भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्थलाई राजाले कैंयनपल्ट बुझाउन खोजे तर रानीका आँखा ओभानो भएन । राजाले एउटा जुक्ति निकाले । राजा प्रताप मल्लले छोरा गुमाएको त्यस बर्षभरिमा राज्यमा मृत्यु भएका नागरिकहरुका आफन्तलाई गाईसहित दरबार अगाडीबाट रानीले देख्ने गरी जात्रा निकाल्न आह्वान गरे ।
सुरुमा गाईजात्रा अहिलेको काठमाडौँको बसन्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरुको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र नपरेको बरु आफ्नाजस्ता छोरा, आमा, बुवालगायतका अन्य पारिवारीक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् ।
गाईजात्रा नेवार जातिको धर्म, संस्कृति र घटना जोडिएको छ । लाखेजात्रा, रोपाईं जात्रा, इन्द्रजात्रा, मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा, हाँडीगाउँको जात्रा, बोडेको जात्रा, गाईजात्रा, घोडेजात्रा, नालाको लोकेश्वरजात्रालगायत उपत्यकामा अहिले पनि धेरै जात्राहरु हुने गर्दछ । उपत्यका बाहिर पनि धेरै जाता अर्थात् मेलाहरुको सुरुवात भुरेटाकुरे राजाहरुको पालाबाट सुरुवात भएको पाइन्छ ।
चोभारको गल्छी काटेर पोखरीको रुपमा रहेको काठमाडौँलाई मानव बस्तीयोग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पटक पर्यटकको रुपमा आएको विदेशी मानिन्छ ।
सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा बिहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ । तर पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको बृद्धिसँगै विकसित भएको हो ।
राजकीय भ्रमणबाहेक सन् १९५१ सम्म नेपाल आउन कुनै पनि सर्वसाधारण विदेशीहरुलाई अनुमति थिएन । सन् १९५५ मा रुसी पर्यटक बोरिस सिसानेबिचले आफ्नो कम्पनी थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरु ल्याउन पहिलोपटक अनुमति पाएका थिए । बोरिसलाई दिइएको अनुमतिसँगै संस्थागत रुपमा नेपालमा विदेशी पर्यटक भित्रिन शुरु भएको हो ।
हवाई यातायातको सुविधाले गर्दा अहिले पर्यटकहरु लण्डनमा ब्रेकफास्ट खाएर न्युयोर्कमा खाना खान भ्याउँछ । अर्कोदिनमा भ्रमणकै लागि नेपाल आउन सक्दछ । नेपालमा पर्यटकहरु बिदा मनाउन, शिक्षा आर्जन गर्न, मनोरञ्जन प्राप्त गर्न, भौगोलिक ज्ञान आर्जन गर्न, साँस्कृतिक रितिरिवाज, चालचलन, भेषभूषाजस्ता कुराको ज्ञान हासिल गर्ने उद्देश्यले पर्यटकहरु आउने गरेका छन् ।
नेपाल प्राकृतिक र संस्कृतिले धनी छ । नेपाल प्राकृतिक रुपले मात्र होइन, मानव निर्मित सम्पदाबाट पनि धनी छ । पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भु आदि धार्मिक सम्पदा पर्यटनका क्षेत्र हुन् । त्यतिमात्र कहाँ हो र, विश्वसम्पदा सूचिमा नपरेका धेरै पर्यटकीय स्थलहरु छन् । जसलाई हामीले बाह्य पर्यटकहरुलाई चिनाउन सकेका छैनौ ।
पर्यटकहरुले नेपालीका जन्मदेखि मृत्युसम्मका संस्कारहरु रुचीपूर्वक अवलोकन गर्ने गरेका छन् । विशेषगरी काठमाण्डौमा पशुपति आर्यघाटमा खुला रुपमा शव जलाएको दृष्य उनीहरुलाई अनौठो लाग्छ । त्यसैगरी मनाङ–मुस्ताङ जिल्लामा पदयात्रामा जाने पर्यटकहरुलाई मानिसको लासलाई काटेर गिद्धलाई खुवाएको देख्दा पर्यटकहरु अचम्म हुन्छन् ।

नेपालमा आउने पर्यटकहरु नेपाली संस्कृतिको अध्ययन गर्ने, जीवनशैली हेर्ने, खानपिनमा सहभागी हुने र रमाइलो गर्ने पर्यटकको संख्या धेरै रहेको छ । पर्यटकहरुले नेपालीले मनाउने हरेक चाडवाडलाई विशेष चासोका साथ हेर्ने गर्दछन् । हरेक चाडलाई केन्द्रित गरी प्याकेज बनाएर पर्यटकहरु नेपाल आउने पनि गर्दछन् । दसैँका लागि प्याकेज बनाएर पर्यटकहरु नेपाल आउन थालेका छन् । पर्यटकहरु दुर्गा पूजा, नवमी र दशमीमा हुने पूजामा रमाइलो मानेर हेर्दछन् ।


ती क्षेत्रमा तिब्बती मुलका मानिसहरुले लामाको जोखान अनुसार केही मानिसको लासलाई काटेर गिद्धलाई खुवाउने संस्कार रहेको छ । नेपालमा आउने पर्यटकहरु नेपाली संस्कृतिको अध्ययन गर्ने, जीवनशैली हेर्ने, खानपिनमा सहभागी हुने र रमाइलो गर्ने पर्यटकको संख्या धेरै रहेको छ । पर्यटकहरुले नेपालीले मनाउने हरेक चाडवाडलाई विशेष चासोका साथ हेर्ने गर्दछन् ।
हरेक चाडलाई केन्द्रित गरी प्याकेज बनाएर पर्यटकहरु नेपाल आउने पनि गर्दछन् । दसैँका लागि प्याकेज बनाएर पर्यटकहरु नेपाल आउन थालेका छन् । पर्यटकहरु दुर्गा पूजा, नवमी र दशमीमा हुने पूजामा रमाइलो मानेर हेर्दछन् ।
कतिपय पर्यटक टीका ग्रहण गरेर आशीर्वादसमेत लिन चाहन्छन् र पिङ खेलेर रमाइलो गर्छन् । तिहारमा देउसीभैलो खेल्ने, टीका लगाउनेमा पनि पर्यटकहरु हुन्छन् । कतिपय विदेशीले तिहारमा टीका लगाएर नेपालीलाई दिदीबहिनी बनाएका छन् ।
होलीको रंगमा रमाउने, पन्ध्र आषाढको दिन कृषकहरुसँग खेतमा गएर हिलो खेल्ने पर्यटकहरुको संख्या पनि कमि छैन । हामीले मान्दै आएका चाडपर्व र संस्कृति सबै पर्यटकहरुका लागि आकर्षण हुन थालेका छन् ।
काठमाडाँै उपत्यकामा मनाइने इन्द्र जात्रा, विस्केट जात्रा, घोडे जात्रा, गाईजात्रा र लाखे नाचमा समेत पर्यटकहरु रमाउँछन् । नेपालमा मौलिक चाडपर्वहरु वर्षैभरि मनाइन्छन् ।
विदेशी पर्यटकहरुका लागि पनि हाम्रो संस्कृति तथा चाडपर्व चासोको विषय हुने गरेको छ । विदेशी पर्यटकको यही चासो र रुचीलाई ध्यानमा राखेर केही पर्यटन व्यवसायीले चाडपर्वको समयमा प्याकेज बनाएर पर्यटकहरु भिÏयाउन थालेका छन् ।
पर्यटनको क्षेत्रमा यसलाई राम्रो मान्न पर्दछ । तीज भनेको नारीहरुको सौभाग्य र समृद्धिका निमित्त शिव र पार्वतीको उपासना र पूजा गर्ने ऐतिहासिक पर्व हो । प्रत्येक बर्षको भाद्रशुक्ल तृतीयाको दिन यो पर्व पर्दछ । यसलाई हरितालिका तीज भनिन्छ ।
तीजको अवसरमा नेपाली पोसाक लगाएर महिला पर्यटकहरु नाचगान गर्न रुचाउँछन् । नेपाली महिलाले तीजमा गरगहना र रातो साडीमा नाचगान गर्दा महिला पर्यटकहरुले पनि त्यही अनुकरण गर्ने गरेको पाइन्छ । नेपाल घुमघाम गर्न आएका महिला पर्यटकहरुले पनि तीज पर्वमा सारी चोलो लगाएर मन्दिर पुग्ने गर्दछन् ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यका बाहेक नेवार समुदायको बसोबास रहेका बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा, पर्वत, बाग्लुङ, पाल्पा, प्यूठान, सल्यान, दाङ, सुर्खेत र डोटीसम्म मनाउने गरिन्छ । यी बाहेक विभिन्न स्थानमा बसोवास गर्ने नेवार समुदायहरुले पनि यो जात्रा मनाउने गर्दछन् ।
तर स्थानीय परिवेश अनुसारका गाईजात्रा फरक शैलीले प्रस्तुती हुँदै आएका छन् । भाद्र कृष्णअष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा नाचगान तथा मृतव्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरु पनि गाइन्छन् ।
जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरु विशेष दर्शनीय मानिन्छन् । गाईजात्रा पछिल्लो समय नेपालीहरुलाई मात्र होइन वाह्य पर्यटकहरुका लागि पनि आकर्षक जात्राको रुपमा हुने गरेको छ ।
नेवारी भाषामा गाईजात्रालाई सापारु भनिन्छ । सपारु अर्थात् गाईजात्रा भनेर मनाउने यस पर्व नेवारहरुको मौलिक पर्व हो । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन् । दिवंगत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ ।
हिन्दूधर्म अनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरुले यमलोक प्रवेशपाई मुक्ति पाउने विश्वास गरिन्छ ।
गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि छ । दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहि आएको छ ।
अर्कोतर्फ जात्रामा आएका ब्यक्तिहरुले विभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी ब्यक्तिहरुको आडम्बर र गरिबका पीडालाई सांकेतिक रुपमा व्याख्या गर्ने शुरुवात गरेका थिए ।
अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, साँस्कृतिक तथा राजनीतिक गतिविधिका नकारात्मक पक्षहरुलाई समाजमा कलात्मक ढंगले चिरफार गर्ने चाड पनि हो । जुन समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्ग्यात्मक ढंगले जनताहरुले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए ।
गाईजात्रामा शुरुवात गरिएको यो ब्यङ्ग्यको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनीतिकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित ब्यक्तिहरुलाई लक्ष्य बनाएर विसंगति, विकृति, कुरिती र आडम्बरलाई छेड हान्ने चलनका रुपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको ब्यङ्ग्यप्रति रिसिइबी र इख राख्न पाइदैन ।
गाईजात्राको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रहि आएको छ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ ।
विभिन्न मुखिण्डो र रङ्गीचङ्गी पोशाक लगाएका मान्छेहरु बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरु तथा वितेका आफन्तजनको तस्विरसहित जात्रामा समावेश हुन्छन् ।
गाईजात्रामा हास्य कलाकारहरु आ–आफ्ना प्रहसन, ब्यङ्ग्य र हाउभाउले हामीलाई हसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा, रैती, कर्मचरी, सिपाही र चिया पसलेसम्मलाई पेच हान्ने चलन छ ।
एक किसिमले भोग्दै, देख्दै आइएका समाजका विकृति, घटना, परिघटनाको हास्यास्पद सारांश हो गाईजात्रा । काठमाडौँलगायत देशैभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति र जमघट रहन्छ ।
नेवारहरुको मूलथलो काठमाडौँ उपत्यका हो । नेवार कुनै जात वा जाति वा जनजाति वा नश्ल वा धर्म विषेश होइन । नेवार एउटा भाषिक समुदाय हो । नेवारभित्र कयौँ मूलजातिहरु छन् । नेवारभित्र सनातन धर्म अन्तर्गतका धेरै सम्प्रदायहरु छन् ।
शैव, शाक्त, तान्त्र, वैदिक, वज्रयान, महायान, नाथ, वैश्नव आदि रहेका छन् । नेवारभित्र ४ जात ब्राह्मण, क्षत्रीय, वैश्य, शुद्र र यसभित्र थुप्रै उपजातहरु रहेका छन् । जस अनुसार ज्यापू, श्रेष्ठ, क्षत्रीय, गुभाजू, उराय, सायमी, ब्राह्मण, नाय, गथु, भा, द्यला रहेका छन् ।
यसैगरी नेवारभित्र मूलतः ३ नस्ल आर्य, द्रविड, मंगोल रहेका छन् । नेपाल भाषा नेवारहरुको मातृभाषा हो । नेपाल भाषा तिब्बत बर्मेली भाषा परिवारमा पर्ने एक भाषा हो । नेपाल भाषालाई हाल आएर नेवारहरुले नेवाः भाय भन्छन् भने नेपालीमा नेवारी भन्ने गरिन्छ । नेपाल भाषाको आफ्नै लिपि पनि छ । नेपालभर नेवारी भाषा बोल्नेहरुको संख्या ६ लाख ९० हजार ८ रहेको अनुमान छ ।
उपत्यकाबाट नेपालको पश्चिम क्षेत्रमा पुगेर बसोवास गर्ने नेवारहरुको मूलथलो भक्तपुर हो । ब्यापारको सिलसिलाममा काठमाडाँै उपत्यकाबाट नुवाकोटको त्रिशुली, गोरखा, तनहुँको बन्दीपुर, पोखरा, बाग्लुङ, प्यूठान, दाङ, सल्यान हुँदै भक्तपुरे नेवारको वंश डोटीसम्म पुगेको पाइन्छ ।
तर धेरै ठाउँमाका नेवार जातिहरुले आफ्नो मातृभाषा भने भुलेका छन् । तर पनि उनीहरुको साँस्कृतिक चाडपर्व, जात्रालाई भने मान्दै आएको पाइन्छ । नेवार समुदाय साँस्कृतिक रुपले निकै सम्पन्न जाति मानिन्छ । ने
वार समुदायमा पेशाका आधारमा जात र थरहरु छुट्याइएका छन् । ब्यापार तथा व्यवसायलाई सधैंभरी आफ्नो पेशा मान्दै आएकालाई तुलाधर, बनिया, तामाको काम गर्नेलाई ताम्राकार, काँस धातुको काम गर्नेलाई कंसाकार, इट्टा, झिंगटी, टायल पोल्नेलाई अवाले, अवा, माटाका साधन भाडाकुडाँहरु बनाउनेलाई कुमाले, प्रजापति, मिठाईजन्य पदार्थ बनाउनेलाई मधिकर्मी, राजकर्णिकार, फूलबारीमा काम गर्नेलाई माली, मालाकार भनिन्छ ।
त्यसैगरी खेतिपातीको काम गर्नेलाई ज्यापु, महर्जन, डंगोल, सुवाल, तण्डुकार, बलामी, तोरीको तेल पेल्ने अर्थात् तेलहनका व्यवसाय गर्नेलाई सायमी वा मानन्धर, फलामजन्य कार्य गर्नेलाई नकर्मी र कौले, कपाल अथवा केश काट्नेलाई नापित, चित्र लेख्ने र कोठा रंगाउनेलाई पुँवा चित्रकार, लुगामा रङ लगाउनेलाई छिपा वा रंजितकार, पालकी बोक्नेलाई दली, पतवार, बाजा बजाउने र लुगा सिउनेलाई कपाली,
कुस्ले, जोगी, मासुका कारोबार गर्नेलाई खडगी, शाही, कसाईं, छालासम्बन्धी काम गर्नेलाई कुलु, सरसफाई गर्नेलाई सुवर्णकार, पोडे, च्यामे, द्योला, हालाहुलु, बौद्ध पुरोहितलाई गुभाजु, बज्राचार्य, सुन चाँदीका गहना बनाउनेलाई बन्देजु, वरेजु वा शाक्य,
हिन्दू वैदिक ब्राह्मणलाई राजोपाध्याय, ब्राह्मण, द्योउभाजु, हिन्दू तान्त्रिक पूजारीलाई कर्माचार्य, आचाजु, हिन्दू मन्दिर पुजारीलाई तिर्हुतबाजे, ज्योतिषी गर्नेलाई जोशी, सरकारी र प्रशासनिक र जमिनदारी व्यवसाय गर्नेलाई मल्ल, प्रधान, मास्के, अमात्य, राजभण्डारी, कायस्थ, वैद्य, श्रेष्ठ भन्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *