मोदी भ्रमण

विचार सम्पादकीय

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दोस्रो औपचारिक भ्रमण गर्दै छन् । यस अघि मोदी प्रधानमन्त्रीमा निर्वाचित भएको केहि समयमै नेपालको औपचारिक भ्रमण गरेका थिए । नेपालको पहिलो भ्रमणमा वाइवाई कमाएका मोदी नेपाल भ्रमण सकेर भारत पुगे लगत्तै नेपालमा नाकाबन्दी गरेर नेपालीलाई सास्ती दिए । अहिले मोदी फेरी नेपालको औपचारिक भ्रमणमा आज आउ“दैछन । तामझामका साथ आफ्नो भ्रमण तयारी गरेका मोदीलाई नेपालको जनकपुरमा पहिलो स्वागत गरिने छ ।

अन्तर्राष्ट्रिय जगतमा नेपाली सुरक्षाकर्मीहरुको महत्व बढ्दै गएको अवस्थामा नेपालमा सुरक्षाको कारण देखाएर भारतीय सेनाको प्रवेश गराउनु राम्रो र स्वभनीय होइन । मोदीले सुरक्षाकर्मी मात्रै हैन आफू चड्ने गाडीसमेत भारतबाटै ल्याएका छन् । यो कार्यले नेपालको सुरक्षा विश्वास र सार्वभौम सत्ताको सम्मान नगरेको देखिएको छ । राष्ट्रवादले ओतप्रोत भएको भनिएका नेपालका प्रधानमन्त्री केपी ओलीले समेत मोदीको यो कार्यलाई स्वागत गरेका गरेका छन् ।


जनकपुरमा नागरिक अभिनन्दन ग्रहण गरेर काठमाडौंमा राजनीतिक भेटघाट र मुस्ताङको मुक्तिनाथ दर्शन गरेर भारत फर्कने कार्यतालिका सार्वजनिक भएको छ । मोदीले आफ्नो सुरक्षाको लागि भारतीय सेनालाई समेत नेपालमा पठाइसकेका छन् । भने मोदीको सुरक्षाको नाममा भारतीय सेनाहरु तराईदेखि हिमालसम्मको सुष्मजासुसी हुनसक्ने आ“कलन गरिन थालेको छ । अन्तर्राष्ट्रिय जगतमा नेपाली सुरक्षाकर्मीहरुको महत्व बढ्दै गएको अवस्थामा नेपालमा सुरक्षाको कारण देखाएर भारतीय सेनाको प्रवेश गराउनु राम्रो र स्वभनीय होइन । मोदीले सुरक्षाकर्मी मात्रै हैन आफू चड्ने गाडीसमेत भारतबाटै ल्याएका छन् । यो कार्यले नेपालको सुरक्षा विश्वास र सार्वभौम सत्ताको सम्मान नगरेको देखिएको छ । राष्ट्रवादले ओतप्रोत भएको भनिएका नेपालका प्रधानमन्त्री केपी ओलीले समेत मोदीको यो कार्यलाई स्वागत गरेका गरेका छन् । अझ मोदीको भ्रमणका नाममा ‘अति संवेदनशीलता’ को नाम दिएर सुरक्षा ब्यवस्थासमेत मिलाइएको छ । मोदीको भ्रमण केन्द्रित गरेर २ नम्बर प्रदेश मोदीमय बनेको छ । अहिले सरकार, मन्त्री र सरकारी कर्मचारी पूर्णरुपमा मोदीको स्वागतका लागि तैनाथ छन् ।
नेपाल भूकम्पले थलिएको बेला भारतले लगाएको नाकाबन्दीको विरोधको साटो नेपालमा मोदी आउ“दा भब्य स्वागत गर्दै ऐन र नियमनमा नभएको ब्यवस्था लागू गरिरहेको छ । सरकारले मुक्तिनाथ क्षेत्रमा दुई दिनसम्म सर्वसाधारणलाई रोक लगाइएको छ । स्वदेशी र विदेशी पर्यटकसमेतलाई मुक्तिक्षेत्रको सार्वजनिक सूचना जारी गर्दै प्रवेश निषेध गरेको छ । यो एउटा सार्वभौम राष्ट्रका लागि गम्भीर अवस्था हो । अतिथिलाई सम्मान र स्वागत गर्नुपर्छ तर आफ्नो अस्तित्व नै गुमाएर अतिथिलाई स्वागत गर्नु सान्दर्भिक भने हैन र मनासिव पनि मानिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *