मोतिपुर कल्भर्ट निर्माणमा तिब्रता

मुख्य खबर

तुलसीपुर, २६ चैत । तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत तुलसीपुर–६ मोतिपुरको कल्भर्ट निर्माणको काम जेठमै पूरा हुने भएको छ । चालु आर्थिक बर्षको असारमा सक्ने सम्झौता भएपनि जेठमै सक्ने गरी कामलाई तिब्रता दिएको ठेकेदार भूपेन्द्र बहादुर शाहले बताएका छन् । दुई बर्ष अघि बर्षातले भत्काएको उक्त कल्भर्ट निर्माण कार्य ढिला गरी सुरु भएको हो ।
गत पुसदेखि सडक डिभिजन कार्यालय दाङसँग सम्झौता गरेर श्रीष निर्माण कम्पनीले निर्माणको काम शुरु गरेको हो । भ्याटसहित ६७ लाख लागतमा निर्माण हुन लागेको उक्त निर्माण कार्यको अहिले ढलानको लागि सेटिङ गर्ने काम भईरहेको छ ।
बर्षा शुरु भएपछि काम गर्न समस्या हुने तथा सवारी आवागमनमा पनि समस्या हुने भन्दै जेठमै काम सक्ने योजना रहेको उनको भनाइ छ । साथै काम पनि अन्तिम चरणमा रहेको भन्दै ग्रेविन, म्यास्टेरी र कल्भर्टको दाँया २० मिटर र बाँया २० मिटर बाटो ढलाइको काम मात्रै बाँकी रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *