Monday, March 25, 2024
Homeसमाजमोटर बाटो सञ्चालन

मोटर बाटो सञ्चालन

- Advertisement -spot_img

तुलसीपुर, २६ फागुन । गाउँपालिकाभित्र रहेका विभिन्न स्थानहरु जोड्ने मोटरबाटोको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बबई गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष खड्क कुँवरको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यतामा उक्त निर्माण सम्पन्न बाटोको उद्घाटन गरिएको हो । गाउँपालिकाको करिब २५ लाख बराबरको लागतमा निर्माण भएको बाटोमा मोटर गुड्ने भएसँगै स्थानीय बासिन्दाहरु हर्षित भएका छन् ।
वडा नम्बर १ स्थित पुरन्धारा छहरा हुँदै मलई खोला जिला, सिमलकुना हुँदै धोवाघाटसम्मको बाटो निर्माण भएसँगै घरायसी सामानहरु किनबेच गर्नका आफै बोकेर हिड्नु पर्ने समस्या हटेर जाने भएको छ । उक्त अवसरमा गाउँपालिका अध्यक्ष पौडेलले स्थानीय तहको निर्वाचनको समयमा जनतासँग गरेका प्रतिवद्धताहरु यसरी नै पूरा गर्दै जाने बताए । उनले आफूले जनताका कुरा सुन्ने र जनताका माग पूरा गर्न लागि सधै कटिवद्ध भएर लाग्ने बताए ।
यस्तै बबई गाउपालिका वडा नं. ३ का अध्यक्ष नन्दलाल वलीले गाउँपालिकाको विकासका लागि सबै पूर्वाधारहरुको पर्याप्त उपलब्धता हुन आवश्यक भएको बताए । यसका लागि आफूहरु सँधै लागिपर्ने बताए । वडा नं. ५ का अध्यक्ष डम्बरबहादुर श्रीषले विकास निर्माणका कुरामा वडा नं. ५ र १ सबैभन्दा विकट क्षेत्र भएका हुनाले एकआपसमा सरसल्लाह गरेर विकास निर्माणका कार्यहरुमा लागि पर्ने बताए ।
यस्तै वडा नं. ६ का अध्यक्ष रामबहादुर डाँगीले यस क्षेत्रमा बाटो निर्माण मात्र नभई अन्य विकास निर्माणका कुराहरुमा समेत सबैले समयमै ध्यान दिन आवश्यक भएको बताए । वडा सदस्य नन्दलाल वलीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक बम बहादुर केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here