मोटरहेड मोटसाइकलको तुलसीपुरमा डिलर

फिचर मुख्य खबर समाज

तुलसीपुर, १६ मंसिर । दाङको तुलसीपुरमा चिनियाँ कम्पनीले उत्पादन गरेको मोटरहेड ब्राण्डको मोटरसाइकलको बिक्री सुरु गरिएको छ । नेपालको लागि आधिकारिक विक्रेता एसआर टेकनो एण्ड ट्रेड प्रालिले तुलसीपुरमा कम्पनीको डिलर सञ्चालन गरेर बिक्री सुरु गरेको हो ।
तुलसीपुरमा रहेको डायनामिक अटो मोवाइल यसको आधिकारिक डिलर रहेको र यसैमार्फत बिक्री वितरण गर्ने कम्पनीका मार्केटिङ म्यानेजर सइमन रसाइलीले बताए ।
वितरण भइरहेको कम्पनीमार्फत डिलर सञ्चालनमा ल्याईएको उक्त डिलरको आइतबार एक कार्यक्रका बीच उद्घाटन गरिएको छ । विभिन्न जिल्लाका करिब १३ वटाभन्दा बढी स्थानमा आफ्नो डिलर स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको उक्त कम्पनीले हाल ६ मोडलका मोटरसाइकलहरु बजारमा ल्याएको उनको भनाइ छ ।
जसमा ३ लाख ६५ हजार पर्ने २५० सिसीको स्पोट्र्स, ४ लाख ५० हजार मूल्य पर्ने २५० सिसी भएको स्क्र्याम्ब्लर बजारमा ल्याएको छ । त्यसैगरी बजार मूल्य ३ लाख ७२ हजार पर्ने २०० सिसीको एमएच र ३ लाख ८० हजार बजार मूल्य रहेको एक्सटोरक्यु बजारमा ल्याएको छ । डायनामिक अटो मोवाइलका प्रवन्धक नविन कुमार खड्का रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *