मोटरसाईकल चोरी गर्ने पक्राउ

मुख्य खबर

घोराही, ४ साउन । दाङ चोरीको मोटरसाईकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१० नारायणपुरका बलबहादुर बाँठाको रा ४ प ७२३४ नम्बरको मोटरसाईकल चोरी गर्ने सोही ठाउँका रमित केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडित बाँठाको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्दा मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी घरको कोठामा राखेको अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिएका छन् ।
केसीले मोटरसाईकल चोरी गरी लु ४२ प २००२ नम्बरको प्लेट हालेर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । पक्राउ परेका केसीको बारेमा अनुसन्धान र कारवाही प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *