मोटरसाईकलको ठक्करबाट एकको मृत्यु

मुख्य खबर समाज

सल्यान, ४ मंसिर । सल्यानमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सल्यानको श्रीनगरबाट दाङ आउँदै गरेको रा ४ प २४२४ नम्बरको मोटरसाईकलले छत्रेश्वरी–६ लान्तिबजारमा ठक्कर दिदा शारदा नगरपालिका–९ सुनचौर निवासी ८० बर्षिया बालिका बिष्टको मृत्यु भएको हो । बाटो पार गर्ने क्रममा ठक्कर दिदा गम्भीर घाइते भएका बिष्टको नेपालगञ्जमा उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
चालक जीतबहादुर पुन र मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसैबीच कपुरकोट गाउँपालिका–१ उनवाङका २३ वर्षिय गोपाल रानाको भिरबाट लडेर रोल्पामा मृत्यु भएको छ । रून्टीगढी गाउँपालिका–८ स्थित ससुराली घर हिडेका गोपाल रून्टीगडीकै धुम्का भीरमा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *