मोटरसाइकल मर्मत र कपाल काट्ने तालिम

समाज

हापुरे, २० जेठ । बबई गाउँपालिकाले आइतबार एकैदिन दुईवटा व्यवसायिक तालिमको हापुरेमा उद्घाटन गरेको छ । बबई गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने तालिमलाई केपि इन्जिनियरिङ सोलुशन प्रालिले मोटरसाइकल तथा सिम्स इन्स्टिच्युट तुलसीपुरले कपाल काट्ने तालिम सञ्चालन गरेका छन् ।
केपि इन्जिनियरिङ सोलुशन प्रालिका अध्यक्ष गणेश कुमार भण्डारीको अध्यक्षता एवं बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यता बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माको विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि बबई गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलले थोरै लगानी तर आम्दानी धेरै हुने तालिमअन्तर्गतका तालिमले सहभागीहरुलाई व्यवसायिक बन्न उत्प्रेरणा गर्ने बताए ।
बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले तालिममा सीप सिकेर राम्रोसँग टिकेर काम गर्न र व्यवसायिक बनेको हेर्ने धोको रहेको बताइन् ।
उद्घाटन कार्यक्रममा समाजसेवी धनसिंह केसी, मोटरसाइकल तालिमका प्रशिक्षकद्वय सन्तोष लामिछाने, देवीदत्त अधिकारी, कपाल काट्ने टेक्निसियन शोभा शर्मालगायतको उपस्थिति रहेको थियो ।
सिम्स इन्स्टिच्युट तुलसीपुरका कार्यक्रम संयोजक जिवराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बबई गाउँपालिकाका प्रेस संयोजक बालकृष्ण पाण्डेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *